डिभिजन–२ को शीर्ष दुईमा रहने लक्ष्यमा रहेका नेपाल तथा नामिबिया दुवैका लागि पहिलो खेल महत्वपूर्ण मानिएको छ।

प्रतियोगिताका लागि नेपालले युएईमा एक साता अभ्यास गरेपछि नामिबिया पुगेको थियो।

अभ्यासका दौरान नेपालले युएई ‘ए’ सँग खेलेका ३ मध्ये २ अभ्यास खेलमा जित हात पारेको थियो।

यस्तै सन् २००३ मा एकदिवसीय विश्वकप खेलिसकेको नामिबियाले डिभिजन–२ कै लागि भनेर दक्षिण अफ्रिकामा गएर तयारी गरेको थियो।

नेपाल र नामिबियाबीच ३ वर्षबीचमा यो चौथो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघिका ४ भेटमा नेपालले नामिबियालाई ३ पटक हराएको छ भने एकपटक मात्र हारेको छ ।

यसअघि सन् २०१५ मा नामिबियामै भएको डिभिजन–२ को खेलमा नेपालले जित निकालेको थियो। ट्रस्टको युनाइटेड मैदानमा भएको खेलमा नेपालले नामिबियालाई ३ विकेटले हराएको थियो।

सन् २०१६ अप्रिलमा नेपाल र नामिबियाबीच डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत २ खेल भए। कीर्तिपुरस्थित टियू मैदानमा भएको दुवै खेलमा नेपाल विजयी भएको थियो। पहिले खेलमा नेपालले ५ विकेटको जित निकालेको थियो।

दोस्रो खेलमा नेपालले नामिबियालाई ३ विकेटले हरायो। नामिबियाले दिएको २ सय ४० रनको लक्ष्य नेपालले १ बल खेल्न बाँकी छँदा ७ विकेटको नोक्सानीमा पार गर्यो।

डिभिजन–२ को शीर्ष दुईभित्र पर्न सके त्यसले नेपाली क्रिकेटको भविष्य निर्धारण गर्न सक्छ। त्यस्तो हुन नसके नेपालले लामो समय विभिन्न ठूला प्रतियोगिताबाट बञ्चित हुनुपर्नेछ। नेपाल र नामिबिया विश्व क्रिकेट लिग डिभिजन–१ बाट घटुवा हुदै डिभिजन–२ मा पुगेका थिए।

बिहिबार नै केन्या र युएईंबीच प्रतिस्पर्धा हुनेछ । डिभिजन–२ मा आयोजक नामिवियासँगै, नेपाल, युएई, केन्या, क्यानाडा र ओमन रहेका छन् । क्यानडा र ओमान डिभिजन–३ बाट बढुवा भएर आएको टोली हो । डिभिजन–२ को शीर्ष दुई टोलीले २०१९ मा हुने एक दिवसीय विश्वकपको छनोट खेल खेल्न पाउनेछन् ।

यस्तो छ नेपाली टिम

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल

वैकल्पिक खेलाडी– सुनिल धमला, ललित राजवंशी, सिद्धार्थ लोहनी, किशोर महतो।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter