असार १९ पोखरा । ‘पोखरा इन्टरनेट’ प्रयोगकर्ताहरुले अब इन्टरनेटसँगै एउटै केबुलबाट ‘एचडी’ क्वालिटिको टेलिभिजन पनि हेर्न पाउने भएका छन् । कम्पनीले पोखरामा यो सेवा शुरु गरिसकेको छ । र, पहिलो चरणमा यो सेवा लिईरहेका प्रयोगकर्ताहरु बाट उसले राम्रो ‘रेस्पोन्स’ पनि पाईरहेको छ ।

‘यो पोखराको लागि बिल्कुलै नौलो शुरुवात हो ।’ पोखरा इन्टरनेटका प्रबन्ध निर्देशक सरोज कोईरालाले भने–‘प्रयोगकर्ताहरुले एउटै केबुलबाट हाइस्पिड इन्टरनेट र एचडी क्वालिटिको टेलिभिजन समेत हेर्न पाउने भएपछि एक हिसाबले भन्नुपर्दा झन्झटमुक्त हुनेछन् ।’ क्लियर टिभिसँगको सहकार्यमा पोखरा इन्टरनेटले पोखरेलीका लागि यो सेवा शुरुवात गरेको हो ।

 

काठमाण्डौमा रहेको इन्टरनेट प्रदायक संस्था ‘सुबिसु’ले यसअघि काठमाण्डौका आफ्ना प्रयोगकर्ताहरुलाई यो सुविधा उपलब्ध गराईसकेको छ । ‘सुबिसु’ अन्तरगत रहेको आफ्नो सेवा पोखरामा दिईरहेको ‘पोखरा इन्टरनेट’ले पनि यहाँ यो सुविधा आफ्ना प्रयोगकर्ताहरुलाई दिन लागेको हो । एउटै ‘प्याकेज’मा इन्टरनेट र टेलिभिजनको सुविधा पाएपछि प्रयोगकर्ताहरुको लागि पनि सजिलो हुने कम्पनीले जनाएको छ ।

यो प्याकेजमा इन्टरनेट चलाउने र टेलिभिजन हेर्ने प्रयोगकर्ताहरुका लागि कम्पनीले अझै बढि सुलभ मुल्य समेत दिएको छ । ‘यसरी प्याकेजमा इन्टरनेट र टेलिभिजन जोड्ने प्रयोगकर्ताहरुलाई आर्थिक हिसाबले पनि निकै सस्तो पर्नेछ ।’ प्रबन्ध निर्देशक कोईरालाले भने–‘र, इन्टरनेटको स्पिड र टेलिभिजनको पिक्चर क्वालिटिमा पनि कुनै कम्प्रोमाइज गर्नुपर्नेछैन ।’

यसरी प्याकेजमा आउने टेलिभिजन सेवामा प्रयोगकर्ताहरुले १ सय ५५ वटा एचडी क्वालिटिको च्यानलहरु हेर्न पाउनेछन् । यद्यपी कम्पनीले प्रयोगकर्ताहरुले चाहेको प्याकेजमा पनि यो सुविधा दिन सक्नेछ । उसले प्रयोगकर्ताको सजिलोको लागि विभिन्न ३ वटा प्याकेज बनाएको छ ।

नेपाल सरकारले ‘एनालग टिभी सिस्टम’ हटाएर ‘सेटअपबक्स’ सहितको डिजिटल टेलिभिजन सेवा विस्तार गर्ने भनेसँगै नेपालमा क्लियर टिभीले आफ्नो सेवा विस्तार गरेको हो । र, यो प्रदायकले आफुलाई अन्यको तुलनामा अझै बढि गुणस्तरिय भएको दाबी समेत गर्दै आएको छ । हाल पोखरामा अन्य डिजिटल सेवा प्रदायकले पनि डिजिटल टेलिभिजन सेटअप बक्स भने जोड्दै आएका छन् ।

पोखरा इन्टरनेटले पोखरामा २००६ देखि आफ्नो सेवा संचालन गर्दै आएको छ । र, यो इन्टरनेट वितरक कम्पनीले अबदेखि टेलिभिजनमा पनि आफ्नो उपस्थितीलाई बलियो बनाउने गरि काम थालेको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter