स्वास्थ्य अधिकार तथा सूर्तीजन्य नियन्त्रण जिल्ला सञ्जाल, सप्तरीका संयोजक पार्थो सरकारको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख ज्ञानबहादुर बस्नेतलाई गर्भवती तथा सुत्केरी महिलाले पाउनुपर्ने निःशुल्क स्वास्थ्य सेवा सुविधा पाउन नसकेकाले आवश्यक व्यवस्था गर्नुपर्ने, आमा सुरक्षा कार्यक्रमअन्तर्गत गर्भावस्थामा तोकिएको मितिमा चार पटक गर्भ जाँच गराएबापत पाउनुपर्ने रु ४०० तथा सुत्केरी गराउन सरकारी स्वास्थ्य संस्थामा गएबापत पाउनुपर्ने यातायात खर्च कुनै अवरोधबिना समयमा पाउनुपर्ने मागसमेत गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले अनुगमन सशक्त बनाउनुपर्ने, राजविराज नगरपालिका क्षेत्रमा प्रभावकारी रुपमा लामखुट्टे नियन्त्रण, गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालबाट पाउने निःशुल्क औषधि वितरण प्रभावकारी नभएको र सप्तरी जिल्लाको अधिकांश स्वास्थ्य चौकीमा वडापत्र नरहेको भन्दै नियमित सुधार हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

बिपी विचार समाजका अध्यक्ष रामकुमार यादव, एकल महिला समूहकी अध्यक्ष अनिता देवकोटा, ग्रिन नेपालका अध्यक्ष खेलानन्दकुमार दास, शिक्षा यूनेस्को केन्द्रका अध्यक्ष रमेशप्रसाद शाह, जिल्ला मतदाता अधिकार मञ्चका सचिव सीता प्रसाद यादवसहितका उपस्थितमा जिल्ला जनस्वास्थ्य कार्यालय पुगेर ज्ञापनपत्र

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter