२९ माघ, काठमाडौं । बेइजिङको व्यापारिक मुख्य केन्द्रमा रहेको एक व्यापारिक भवनमा एक व्यक्तिले चक्कु प्रहार गर्दा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अन्य १२ जना घाइते भएका छन् ।

स्थानीय समय अनुसार आइतबार दिउँसो १ बजे गरिएको आक्रमणमा घाइते हुने सबै चिनियाँ नागरिक रहेका छन् । प्रहरीका अनुसार घाइतेमध्ये तीन जना पुरुष छन् भने नौ जना महिला छन् । घाइते सबै खतरामुक्त रहेका बताइएको छ ।

प्रहरीले घटनामा सम्लग्न रहेको भनिएका एक जनालाई सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ ।

झु थर भएका चीनको मध्यहेनान प्रान्तको सिहुवा काउन्टीको ३५ वर्षीय बासिन्दाले घटनाको जिम्मेवारी लिइसकेको प्रहरीको दावी छ । झुले आक्रमण व्यक्तिगत शिकायतका कारण गरेको स्वीकारेका बताइएको छ ।

घटना भएको समय भवनको पाँचौ तलामा एक रेष्टुरेन्टमा खाना खाइरहेको बताउने प्रत्यक्षदर्शीले सिन्ह्वा संवाददातासँग भनिन्, मैले खाना खाइरहेका वेला एक मानिसले एक्कासी झोलाबाट चक्कु झिकेर किनमेलमा व्यस्त महिला तथा पुरुषलाई एकपछि अर्को गर्दै आक्रमण गर्यो ।

चीनको इन्टरनेटबाट बाहिर आएको एक भिडियोमा व्यापारिक भवनको एक भागमा रगत पोतिएका देखिएको छ । घटनास्थलमा एकजना घाइतेको घाँटीमा गहिरो चोट लागेको देखेको रेष्टुरेन्टका ‘सेफ’ले बताए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter