पोखरा, १ फाल्गुन

कास्की मादी गाउँपालिकामा एक बहादुर विकले आफ्नी श्रीमती गौमाया विकलाई चिरपटले हानेर हत्या गरेका छन् । सोमबार राती विकले आफ्नो श्रीमतीलाई चिरपाटे दाउराले टाँउकोमा प्रहार गरेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

श्रीमान श्रीमती रक्सी खाएर बेला–बेलामा झगडा गर्ने गरेको एक स्थानीयले बताए । ‘जहिले पनि झगडा गर्थे,’ स्थानीयले भने, ‘दुवै रक्सी खाएर झगडा गर्थे ।’

सोमबार राती ८ बजे रक्सी दुवै रक्सीले मातिएकाथिए । त्यसपछिश्रीमानश्रीमतीविच झगडा सुरु भयो ।

एक आफसमा हानाहान हुदा श्रीमानले एक्कासी चिरपटे दाउराले देब्रे आँखाभन्दा माथिल्लो भागमा प्रहार गरे । त्यस रात केही थाहा भएन । मंगलबार बिहान थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि कास्की प्रहरीबाट गएको एक टोलीले श्रीमानलाई पक्राउ गरेको हो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter