१० लाख विद्यार्थीले बोर्ड परीक्षा नदिएपछि भारतको उत्तरी राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले परीक्षा प्रणालीलाई सजिलो बनाउने भएका छन् ।

‘चिट रहित परीक्षा सञ्चालन गरौं भनेर हामीले जब भन्यौं १० लाख विद्यार्थीले परीक्षा दिएनन् ।परीक्षादेखि विद्यार्थी नडराउन् भनेर योगीले परीक्षा प्रणालीलाई सजिलो बनाउने भएका हुन् । परीक्षामा सामेल हुने विद्यार्थीको संख्यामा भएको कटौतीको कारण परीक्षादेखि विद्यार्थीको डर र सरकारले चिट चोर्ने प्रणालीलाई अन्त्य गर्ने उद्देश्यसहित ल्याएको कडा सुपरिवेक्षण प्रणाली रहेको उनले बताए ।

उत्तर प्रदेश सरकारले यस वर्ष चिट रहित परीक्षा सञ्चालन गर्ने उद्देश्यसहित कडा कदम चालेपछि परीक्षामा विद्यार्थीको सहभागिता सुरुको दिनदेखि नै घट्दै गएको छ ।

योगी आदित्यनाथको नेतृत्वमा रहेको सरकारले परीक्षालाई मर्यादित बनाउने उद्देश्यसहित परीक्षा केन्द्रमा सिसिटिभी क्यामेरा राख्नेसहित विभिन्न कदम चालेपछि परीक्षामा सामेल हुने विद्यार्थीको संख्यामा पछिल्ला चार दिनदेखि व्यापाक मात्रामा कटौती भएको छ । उत्तर प्रदेशमा गत मंगलबारबाट कक्षा १० र कक्षा १२ को बोर्ड परीक्षा सुरु भएको थियो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter