पोखरा । दुर्घटनामा खुट्टा गुमाएका दुई अपाङ्ग व्यक्तिहरुलाई कृत्रिम खुट्टा लगायत नगद सहयोग उपलव्ध गराईएको छ ।युवाहरुको सेवामुलक संस्था रोटर्याक्ट क्लव अफ पर्वत पोखराद्वारा विहिवार पोखरामा आयोजित एक कार्यक्रममा गुल्मी जिल्ला, थापाचौर निवासी कपिलदेव
कार्की र लमजुङ्ग जिल्ला, राईनास नगरपालिका निवासी भरत गिरीलाई सो सहयोग प्रदान गरिएको हो ।

रोजगारीको सिलसिलामा एक वर्ष पहिले भारतमा भएको सवारी दुर्घटनामा कार्कीले दायाँ खुट्टा र केही वर्ष पहिले नेपालकै कपिलवस्तुमा भएको सवारी दुर्घटनामा गिरीले वायाँ खुट्टा गुमाउनु भएको थियो ।कार्कीलाई झण्डै ६५ हजार लागत वरावरको कृत्रिम खुट्टा सहित सरसफाई सामाग्रीका साथ १ हजार ५ सय नगद र भविस्यमा कृत्रिम खुट्टा उपलव्ध गराउने गरी गिरीलई हाल सरसफाई सामाग्री सहित ३ हजार ७ सय रुपैयाँ नगद सहयोग गरिएको हो ।

अपाङ्ग सहयोगका लागि रोट्रयाक्ट क्लवलाई राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले आर्थिक सौजन्य गरेको छ भने हिमाल अर्थोपेडिकले प्राविधिक सहयोग गरेको छ । संस्था र सस्थामा कार्यरत
कर्मचारीले क्लव मार्फत दुई अपाङ्गलाई जीविकोपार्जनका लागि व्यवसायिक सहयोग गर्ने र सन्ततीलाई छात्रवृत्ति सहयोग गर्ने तयारी गरेको क्लव सर्भिस डाईरेक्टर सुस्मा प्रसाईले जानकारी गराउनु भयो ।

 

सहयोग हस्तान्तरण कार्यक्रममा वोल्दै नेष्डो नेपालका संस्थापक अध्यक्ष एवम् प्रमुख अतिथि  विश्व प्रकाश प्रसाईले सेवाका लागि मानव जन्म भन्ने संस्थाको आदर्शलाई चरित्रार्थ गर्नका लागि सामाजिक उत्तरदायित्व अन्र्तगत आर्थिक सौजन्य गरिएको वताउदै विगत र वर्तमानमा जस्तै भविस्यमा पनि क्लव मार्फत दिनदुःखीको सेवामा अन्य परियोजनाका माध्यमवाट समर्पित रहने वताउनु भयो । उहाँले निकट भविस्यमा अन्य व्यवसायिक संभावना अध्ययन
गरी सहयोग गरिने वताउनु भयो ।

 

कार्यक्रमा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष श्री रमेश पौडेलले सेवा गर्न आर्थिक स्रोत भएर हुदैन, सहयोगी
भावना र संस्कार आवश्यक हुने वताउदै नेष्डो नेपाल र रोट्रयाक्ट क्लव दुवै सेवाभावले अभिप्रेरित सामाजिक संस्था भएकाले दिनदुखीले अवसर पाएको वताऊनु भयो । उहाँले सडकमा वसेर मागेर जीवन यापन गर्ने दुई अपाङ्गहरु छिट्टै
उद्यमी वनेर सम्मानित जीवन यापन गर्ने अवसर पाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमा नेष्डो नेपालका लघु वित्त प्रमुख विश्ववन्धु
प्रसाईले सहयोग प्राप्त गर्ने दुवै जनाको जीवनी प्रस्तुत गर्नु भएको थियो भने रोट्रयाक्ट क्लव अफ पोखराका सचिव विश्वदर्शन पराजुली, नेष्डो नेपाल लेखनाथ शाखाका प्रवन्धक सुवास भण्डारी, सेवाग्राही कपिलदेव
कार्की लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।

 

कार्यक्रम क्लवका अध्यक्ष सुदीप प्रसाईको अध्यक्षता, सचिव अनिता सोतीको स्वागत, सदस्य इन्द्र खत्री क्षेत्रीको प्रतिज्ञा, आगामी अध्यक्ष दुर्गा कुमारी शर्माको धन्यवाद एवम् सामुदायिक सेवा निर्देशक दिलिप वस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter