६ फागुन, काठमाडौँ । पूर्वजनमुक्ति सेनाका बिग्रेड सह–कमाण्डर दमनबहादुर बटाला ‘विश्वजीत’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिले जनमुक्ति सेनालाई र अहिले आफै आत्मसमर्पण गर्न लागेको बताएका छन् । उनले समायोजनको नाममा प्रचण्डले जनमुक्ति सेनालाई नाममात्रै फेरिएको नेपाली सेनासँग आत्मसमर्पण गर्न लगाएको बताए ।

एमाले र माकेबीच हुने भनिएको एकता अन्तिम चरणमा आएर रोकिएको बेला कमाण्डर विश्वजीतले माओवादलाई छोडेर एकता गर्न तयार भएको भन्दै प्रचण्डको आलोचना गरेका छन् । नेपाली सेनामा समायोजनको नाममा जनमुक्ति सेनालाई आत्मसमर्पण गर्न लगाएको बताउँदै विश्वजीतले अहिले प्रचण्डले आफै एमालेमा आत्मसमर्पण गर्न हतार गरेको बताए ।

अनलाइन डबलीसँग कुरा गर्दै विश्वजीतले प्रचण्डले सुरुमा जनमुक्ति सेनालाईसम्मानजनक एकताको कुरा गरेको तर अन्तिममा आएर निशस्त्रीकरण गरेको बताए । सेना र हतियारको निशस्त्रीकरण भनेको आत्मसमर्पण भएको बताउँदै विश्वजीले माओवादलाई छोड्नु माओवादीले आन्दोलनलाई नै आत्मसमर्पण गराउने खेल भएको बताए ।

“हामीलाई सुरुमा एसएसआर मोडेलमा जनमुक्ति सेनालाई समायोजना गर्ने भनियो तर अन्तिममा डीडीआरमा लागेर आत्मसमर्पण गराइयो । अहिले पनि प्रचण्डले सुरुमा पार्टी नेतृत्वको कुरा गरेका थिए, अहिले आलोपालोमा सहमति गरेका छन् । एमाले अझै केही दिन अडान लग्यो भने जबज मानेर नै एकता गर्न बेर छैन” विश्वजीतले भने । विश्वमा अस्तित्वसहितको समायोजन र निशस्त्रीकरण गरी दुई मोडेलमा सेना समायोजना हुने गरेको बताउँदै विश्वजीतले जनयुद्ध लडेको सेनालाई निशस्त्रीकरण मोडेलमा लगेर विघटन गरेको बताए ।
अछाम स्थायी भएका विश्वजीत २०५६ सालमा पूर्णकालिन रुपमा जनयुद्धमा लागेका थिए । उनले जिल्लास्तरीय स्क्वाड सदस्यबाट जनमुक्ति सेनामा प्रवेश गरेका थिए ।

२०५७ सालमा कालिकोटको कोटवाडा इलाका प्रहरी चौकीबाट पहिलो फौजी कारवाहीमा सहभागी भएका विश्वजीतले पश्चिम नेपालका प्रयास साना–ठूला सबै फौजी कारवाहीमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनले अछामको मंगलसेन, दोस्रो खारा, बर्दिया, बाँके, कैलाली, कञ्चनपुर, बझाङ, बैतडी, डोटी, डडेल्धुरा, सल्यान, जाजारकोट, दैलेखलगायतका जिल्लामा भएका साना र ठूलो गरी दर्जनौं फौजी कारवाहीको नेतृत्व गरेका थिए ।

अछाम जिल्लाको पहिलो प्लाटुन कमाण्डर, कम्पनी कमिसार हुँदै बिग्रेड सहकमाण्डरको जिम्मा निर्वाह गरेका विश्वजीतले जनमुक्ति सेनाको सात नम्बर डिभिजनस्थित तालबन्दमा राखिएका हतियार अनुगमन टोली सदस्यको समेत भएर जिम्मेवारी पूरा गरेका थिए ।
मालेमावादलाई छोडेर गरिने एकता दोस्रो निशस्त्रीकरण हुने तर्क गर्दै विश्वजीतले भने, “माओवादले निर्देश गरेअनुसार जनयुद्धबाट नेपालमा राजतन्त्रको अन्त्यसँगै गणतन्त्रसहितको परिवर्तन भयो । तर अहिले माओवादलाई छोडेर जबजलाई स्वीकार गरेर गरिने एकता जनमुक्ति सेनालाई जस्तै माओवादी आन्दोलनको निशस्त्रीकरण हुनेछ ।” उनले जनमुक्ति सेनापछि प्रचण्ड आफैले आत्मसमर्पण गर्न लागेको ठोकुवा गरे । जबज मानेर एकतामा गए म्याद सकिएका अौषधिझैं प्रचण्ड डेटअप हुने विश्‍वजीतको भनाई छ ।

डडेल्धुराको जोगबुढामा २०६२ जेठ १६ गते तत्कालिन शाही नेपाली सेनासँग भएको भिडन्तमा घाइते भएका विश्वजीतका टाउको र शरीरका विभिन्न भागमा गोली र छर्रा छन् । उनी आर्थिक अभावका बीच हाल भारतमा उपचार गराईरहेका छन् ।

 

अनलाइन डबलीबाट

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter