असार १९ पोखरा । विश्वकप विजेता जर्मनीले फिफा कन्फेडेरेसन कप फुटबलको उपाधि जितेको छ । रुसमा आइतबार राती भएको फाइनलमा दक्षिण अमेरिकी च्याम्पियन चिलीलाई १ – ० ले पराजित गर्दै जर्मनीले उपाधि जितेको हो ।

रुसको सेन्ट पिटर्सबर्गमा भएको प्रतिस्पर्धात्मक फाइनलमा विश्वकप विजेता जर्मनीको युवा टोलीलाई जित दिलाउन एक मात्र गोल लार्स स्टीन्डलले गरे । पहिलो हाफको २० औं मिनेटमा टिमो वेर्नेरको पासमा लार्स स्टीन्डलले गरेको गोलले जर्मनी पहिलोपटक फिफा कन्फेडेरेसन कप फुटबलको च्याम्पियन बन्यो ।

चिलीले बल पोजिसनमा पकड जमाएको खेलमा जर्मनीले पाएको मौका सदुपयोग गर्दै गोल गर्न सफल भयो । चिलीका डिफेन्डर मार्सेलो डेइजको गल्तीको फाइदा उठाउदै जर्मनीले गोल गरेको हो । चिलीका डिफेन्डर मार्सेलो डेइजले आफ्नो डिबक्सभित्रको बल क्लियर गर्न नसक्दा जर्मनीका विंगर टिमो वेर्नेरले आफ्नो पकडमा लिएर लार्स स्टीन्डललाई गोलका लागि पास उपलब्ध गराईदिएका थिए ।
त्यसपछि खेलको दोस्रो हाफमा पाएको अवसरमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल जोकिम लोलेको युवा टोली जर्मनीले १ – ० ले आफ्नो बनायो । प्रतियोगितामा जर्मनीले अपराजित रहेदै उपाधि जितेको थियो । जर्मनीले प्रतियोगिताको समूह चरणमा चिलीसंगै नै एक एक गोलको बराबरी खेलेको थियो । त्यस खेलमा पनि लार्सले जर्मनीको लागि गोल गरेका थिए ।
योसंगै फिफा कन्फेडेरेसन कप फुटबलको उपाधि जित्ने जर्मनी तेस्रो टोलि बन्यो । यसअघि डेनमार्क र फ्रान्सले मात्र फिफा कन्फेडेरेसन कप जितेको छ । फ्रान्सले फिफा कन्फेडेरेसन कप फुटबलको उपाधि दुइ पटक जितेको छ । (एजेन्सी )

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter