९ फागुन, बुटबल । रुपन्देहीको देवदहमा प्रहरीसँग भएको मुडभेडमा पुनसँगै उनका सहयोगी  सोम आलेपनि मारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। प्रहरी मुडभेडमा घाइते भएका पुन र आलेको लुम्बीनी अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गएको रुपन्देहीका प्रहरी प्रमुख (एसपी) श्याम ज्ञवालीले जानकारी दिए।

गुण्डा नाइके पुनको नेतृत्वमा रुपन्देहीमा अर्को अप्रिय घटना घटाउने योजना भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले दिएको जानकारी पाएपछि हामीले सर्च अप्रेशन चलाएका थियौँ, डिसी नेपालसँग कुराकानी गर्दै ज्ञवालीले भने, प्रहरीलाई देख्नासाथ उनीहरुले फाइरिङ गरेर भाग्न खोजेपछि हामीले गोली चलाएका छौँ । गोली लागी घाइते भएका पुन र उनका सहयोगी आलेको उपचारका क्रममा ज्यान गएको हो।

पुन समुहले चलाएको गोली प्रहरी चढेको मोटरसाइकलमा लागेको थियो। गोली मोटरसाइकलमा लागेकाले आफ्ना सबै सदस्य सकुशल रहेको प्रहरीले जनाएको छ। अरु अप्रिय घटना हुन नदिन प्रहरी र अनुसन्धान ब्यूरोले पुनलाई पक्राउ गर्न सर्च अप्रेशन चलाएको प्रहरी प्रमुख ज्ञवालीले जनाकारी दिए।

प्रहरीमाथि आक्रमण भएपछि बाध्य भएर जवाफी फाइरिङ गरेको ज्ञवालीको भनाइ छ।

रुपन्देही युवा संघका अध्यक्ष दुर्गातिवारी, रुपन्देहीकै व्यापारी बसन्त पौडेल, निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा पनि संलग्न रहेका उनी प्रहरीको फरार सूचिमा परेका थिए। भारतमा लुकेर बसेका पुन नेपाल आएर अर्को घटना घटाउने योजना बनाएको सूचना पाएपछि प्रहरीले त्यसलाई रोक्न चलाएको सर्च अपरेसनका क्रममा उनी इन्काउन्टरमा मारिएका हुन्।

दुबै जनाको शव अहिले लुम्बीनी अञ्चल अस्पतालमै राखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अहिले घटनास्थलको स्थिती सामान्य छ।

को हुन मनोज पुन ?
विभिन्न हत्यामा संलग्न रहेका भनिएका मनोज पुन विगतमा राजनीतिक कार्यकर्ता थिए। माओवादी कार्यकर्ताबाट राजनीतिक यात्रा सुरु गरेका उनी केही समय युवा संघमा प्रवेश गरेका थिए।

युवा संघमा प्रवेश गरेका उनी हत्या तथा आतंकमा संलग्न रहेको भन्दै युवा संघले कारवाही गरेर उनलाई सामान्य सदस्य समेत नरहनेगरी संघबाट निकालेको थियो। त्यही बेलाको रिसिवि फेर्न उनले युवा संघका अध्यक्ष दुर्गातिवारीको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

देवदह नपा ६ का २९ वर्षीय मनोज पुन भनेर चिनिने मनोज बुढा मगरको समुहले पछिल्लो समय चन्दा आंतक मच्चाउदै आएको समेत बताइएको छ। हत्या भन्दा अगाडि संगठित अपराध, हातहतियार खर खजना र ज्यान मार्ने उद्योगलगायतका मुद्दामा संलग्न रहेका उनी डेढ वर्षदेखि प्रहरीको फरार सूचिमा थिए।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter