काठमाडौं । चलचित्र तथा आधुनिक गीतमा चर्चा कमाईरहेका अहिलेका उम्दा गायक तथा संगीतकार हुन्, –टंक बुढाथोकी । उनले स्वर दिएका तथा संगीत भरेका धेरै गीतहरु हिट लिस्टका सूचिमा पर्दै गएका छन् । उनका गीतहरुलाई दर्शक स्रोताले रुचाएसंगै उनको व्यस्तता पनि दिनानुँदिन बढ्दो छ ।

 

आधुनिक तथ चलचित्रका गीतको रेकर्ड तथा संगीत भर्नमा व्यस्त छन् उनी । ‘सांगितिक क्षेत्रमा मेरो लामो समयको लगावले मलाई आज यो स्थानसम्म ल्याएको हो’ डिसी नेपालसँगको संवादमा उनले भने –‘थोरै तर राम्रो काम गर्ने मेरो सिद्धान्तले नै यो सफलतासँगै कामहरु पाउँदै गएको हुँ ।’

आफूले पाएको मायालाई निरन्तरता दिन उनी निकै मेहनत गरिरहेका छन् । अहिलेसम्म १ सय बढी गीतमा संगीत तथा ५० वटा भन्दा बढी गीतमा स्वर दिएर टंकका धेरै गीत चर्चित छन् । चलचित्र ‘जंजिर’को ‘किन गाह्रो गाह्रो हुन्छ’बाट शुरु भएको उनको चर्चा ‘सत्रुगते’को ‘रुपै मोहनी’सम्म आईपुग्दा दिन दुईगुणा रात चौगुना बढदो छ । चैत ९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘सत्रुगते’को ‘रुपै मोहनी’गीतमा उनको स्वर र संगीत रहेको छ । चलचित्र हिम्मतवालीको ‘काली तिम्रो नजरैले’, हवल्दार सुन्तलीको ‘घन्टी बज्यो घन्टी बज्यो’, आधुनिक गीत ‘तिमिले बाटो फेर्यौ अरे’, ‘आँशुको अर्थ के थाहा’जस्ता उनका थुप्रै गीत चर्चित छन् ।

डाक्टर, इञ्जिनियर बन्ने उद्धेश्यले काठमाडौं अवतरण

अचम्मको कुरा के छ भने गायक तथा संगीतकार टंकमा आफू यसरी सांगीतिक क्षेत्रमा लाग्छु भन्ने कल्पना नै थिएन । ‘ठूलो भएर के बन्ने ?’ धेरैलाई सानोमा सोधिने प्रश्न पनि हो यो । उनलाई पनि सानोमा यो प्रश्च धेरै सोधियो । डाक्टर, ईन्जिनियर बन्ने उनको सपना थियो जसमा परिवारको सपना पनि मिसिएको थियो ।

झापामा जन्मिएका उनले एसएलसीसम्मको अध्ययन गाउँकै विद्यालयमा पूरा गरे । ‘पढाईमा निकै तेजिलो म, त्यसैले पनि सानैदेखि डाक्टर, ईन्जिनियर बन्नुपर्छ भन्ने धारणा थियो’– उनी सम्झन्छन् । राम्रै अंक ल्याएर एसएलसी पास पनि गरे । एसएलसी पश्चात काठमाडौं आएर साइन्स पढ्न थाले ।

‘त्यो बेलासम्म सांगीतिक क्षेत्रमा लाग्छु भन्ने कल्पना नै थिएन’ उनले भने –‘२०६२ सालतिर हो, म एसएलसी सकेर काठमाडौं आएर आईएस्सि पढदै गर्दा अनायासै संगितमा जोडिएँ ।’ सांगीतिक क्षेत्रमा टिका बुढाथोकी उनका नजिक थिए । ‘म उहाँसँग संगीत सिक्न थाँले । उहाँकै प्रेरणाले यो क्षेत्रमा लागेँ,’ उनले भने ।

सांगीतिक क्षेत्रमा यसरी लाग्छु भन्ने उनमा कल्पना मात्र नभएको हो तर गीतसंगीतका भने उनी सानैदेखिका स्रोता हुन् । ‘गीत संगीत नै मन नपर्ने होईन, म सानैदेखी म्युजिकको राम्रो स्रोता हुँ । तर यसरी गीत नै गाउँछु, गायक बन्छु, संगीतकार बन्छु भन्ने कुनै सोच ममा थिएन’–उनले विगतलाई सम्झिए ।

पढनका लागि काठमाडौं आएको ठिटो एकाएक संगीतमा लाग्यो । प्लस टु पढदै गर्दा नै उनले एल्वम निकाले । उनले २०६३ सालमा आफ्नै स्वर र संगीतमा ‘फुलेको राम्रो लालिगुँरास’ बजारमा ल्याएका थिए । त्यसपश्चात उनले सांगीतिक क्षेत्रलाई नै आफ्नो भविष्य देख्न थाले ।

‘सांगीतिक क्षेत्रमा यसरी आउँछु भनेर कहिल्यै नसोचेको म जब यो क्षेत्रमा लागेँ त्यसपछि यसमा लत नै बस्यो’–उनले भने ।  त्यसपश्चात उनी यसैलाई पेशा बनाउँछु भनेर बढो मेहनतका साथ लागिपरे । २०६८ सालसम्म उनको सांगीतिक करिअर धिरमिर धिरमिर रुपमा मात्रै रह्यो । त्यो समयमा उनी संगीतका प्रारम्भिक सिकाइ चरणहरू पार गरे ।

सांगीतिक क्षेत्रमा लागेपछि सबै खालको श्रोता, दर्शकको मन जित्नुपर्छ भन्ने उनको ध्यान थियो । २०६८ सालदेखि मात्रै उनी व्यवसायिक रुपले संगीतमै समर्पित भए । त्यसपछि संगीतमा कडा मेहनत गर्दै गए र आजसम्म आईपुग्दा उनी एक सफल गायक तथा संगीतकारको रुपमा परिचित भईसकेका छन् ।

सबैले टंक बिग्रियो भन्थे

साईन्स विषय पढ्नु गाह्रो मानिन्छ । साईन्सको विद्यार्थीले अन्य विषयका विद्यार्थीले भन्दा धेरै समय पढाईमा दिनुपर्छ भन्ने मान्यता  छ । टंक काठमाडौं बसेर बिएस्सि पढथे । सांगीतिक यात्रामा शुरुवाती समय थियो त्यो बेला उनको लागी । पढाई र संगीतमा उनले आफ्नो समय बाँड्न थाले ।
संगीततर्फ पनि ध्यान दिन थालेपछि घर परिवार मात्र नभई समाजबाट पनि उनलाई बाटो बिराएको भन्दै आलोचना सुरू भयो ।

‘सबैतिर टंक बिग्रियो भन्ने चर्चा भो,’ उनले भने ‘तर म आफ्नो मेहनतलाई निरन्तरता दिँदै गएँ । आफूलाई अब्वल बनाउँदै गए । सांगीतिक क्षेत्रका धेरै ज्ञानहरु लिँदै गएँ ।’ बिग्रिने लाइनमा लाग्यो भनेर धेरै तिरबाट गुनासोहरु आएको उनलाई अझैपनि ताजै लाग्छ । संगीतमा लाग्दा घरबाट त्यति सहयोग नपाएको कारणले उनी सामान्य कामसंगै संगीत सिक्दै आफनो यात्रालाई अघि बढाए ।

टंग चिनाउने गीत

वि.स. २०६२–६३ सालदेखी सांगितिक क्षेत्रमा लागेका टंकको जब २०६९ सालमा चलचित्र ‘जंजिर’मा समावेश ‘किन गाह्रो गाह्रो हुन्छ’ बोलको गीत सार्वजनिक भयो । तब उनको चलचित्र क्षेत्रमा माग बढदै गयो । ‘यही गीत नै मेरो सांगितिक यात्राको टर्निङ प्वाईन्छ बन्यो’, उनले थपे, ‘त्यसपछि मात्रै चलचित्रका गीतमा फड्को मार्दै गएको हुँ ।’

त्यसपछि ‘हिम्मतवाली’ चलचित्रमा उनको स्वर र संगीतको ‘काली तिम्रो नजरैले गोली मार्यो’ बोलको गीत पनि हिट भईदियो । यसले उनको सांगीतिक करियरमा ईटा थप्ने काम गर्यो । त्यसको केही समयपछि ‘हवल्दार सुन्तली’को ‘घण्टी बज्यो घण्टी बज्यो’ गीत सार्वजनिक भयो । यो गीतलाई पनि दर्शक स्रोताले निकै रुचाए । त्यसपछि उनी निर्माता निर्देशकको नोटिसमा परे ।

‘मेरो कामहरु विस्तारै स्रोता दर्शकले रुचाईदिनुभएपछि निर्माता निर्देशकहरुले मलाई विश्वास गर्न थाल्नु भयो,–उनी भन्छन् । अहिले ‘सत्रुगते’को ‘रुपै मोहनी’ बोलको गीत निकै चर्चामा छ । जुन गीतमा उनको स्वर र संगीत छ ।

हिट गीतका गुमनाम गायक–संगीतकार

उनका गीत रेडियो, टेलिभिजनमा सुन्ने र हेर्ने धेरै छन् । हालैको कुरा गर्दा ‘सत्रुगते’को ‘रुपै मोहनी’ गीत धेरै संगीतप्रेमीको मुखमा झुन्डिएको छ ।

युटयुवको कुरा गर्ने हो भने यो गीत ९८ लाख भन्दा बढीपटक हेरिएको छ । यसअघिका उनका गीत पनि हिट थिए । तर स्वर र संगीत मन पराएका कमैले मात्र चिन्छन् उनलाई । उनको परिचय दिँदा उनले गाएका गीत र उनले संगीत भरेका गीतको सन्दर्भ जोड्नुपर्छ ।

उनको नाम र चर्चालाई गीतको लोकप्रियताले छोपिदिएको छ । ‘गीत र संगीत चलेअनुसार मलाई कमैले चिन्नुहुन्छ । तर, मलाई यसमा गुनासो भने छैन । आखिर मेरै गीत त चलेका हुन ।’

टंक धेरै स्टेज कार्यक्रमहरुमा हिँडछन् । उनका अधिकांश गीतहरु स्रोता र दर्शकले सुनेका, हेरेका हुन्छन् । तर कार्यक्रममा पुग्दा उनलाई नामले कमै व्यक्तिले चिन्छन् । आफ्नो परिचय गीतबाट दिएपछि बल्ल मानिसहरु छक्क पर्छन् ।

‘विभिन्न कार्यक्रमहरुमा जाँदा आयोजकले स्टेजमा मेरो नाम लिँदासम्म दर्शकहरुमा कुनै रौनक देखिँदैन, उनी भन्छन् ‘जव मैले गीत गाउँन थाल्छु, सबैजना चकित पर्नुहुन्छ ।’ धेरै कार्यक्रमहरुमा उनले त्यस्ता अनुभवहरु संगालेका छन् । ‘म आफू आफ्नो नाम भन्दा कामले चिनिन चाहेँ त्यसैले मेरो कामको अगाडी म चर्चित नहुनसक्छु’–उनले भने ।

‘सत्रुगते’का लागि बनेको थिएन ‘रुपै मोहनी’ 

चलचित्र ‘सत्रुगते’को ‘रुपै मोहनी’ गीत अहिले चर्चामा छ । तर यो गीत सत्रुगतेका लागि भने तयार पारिएको थिएन । गायक तथा संगीतकार टंकका अनुसार चलचित्र ‘छक्का पञ्जा –३’ का लागि यो गीत तयार पारिएको हो ।

‘यो गीत चलचित्र छक्का पञ्जा ३ का लागी दिपा दिदीलाई पठाएको थिएँ । त्यतिबेला दिदी शत्रुगतेको सुटिङमा हुँनुहुँदो रहेछ’ उनले भने– ‘त्यहाँ हरिवंश, किरण केसी दाईहरुले यो गीत सुनेपछि सोही चलचित्रमा राख्ने सल्लाह भएछ ।’ उनका यसअघिका गीतहरु पनि राम्रो चलेका कारण यो गीतपनि टंकले नै गाउँनुपर्छ भनेर चलचित्र सत्रुगते यूनिटको सल्लाहपछि टंकले रुपै मोहनी गाए साथमा संगीतपनि दिए । गीत राम्रो पनि बन्यो र चल्यो ।

 

डिसीनेपालबाट साभार

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter