जनताको सेवा नै हाम्रो धर्म हो, भन्ने नेताहरु कमै भेटिन्छन् । चुनावका बेला जनताको सेवामा २४ सै घण्टा रहन्छौ भनेर भाषणमा मात्र चर्का कुरा गर्ने तर काम गर्ने बेला दुला भित्र झिरेको मुसा झैँ खोज्नै पर्ने नेताहरु धेरै नै छन् ।

बाजुराको बुढीनन्दा नगरपालिकाकी उपमेयर श्रीस्टी रेग्मी सबै जनप्रतिनिधिहरुको लागि उदाहरण बनेकी छिन् । कोल्टिबजार नै दुर्गन्धित हुने गरि नाली थुनियो भन्ने कुरा उपमेयरकोमा पुगेपछि, एउटा सरसफाई टोली बनाई उपमेयर कोल्टिबजार पुगेकी थिइन् । निकै लामो समय देखि निकासबिनै अधुरो रहेको नालीमा सर्वसाधारण तथा होटलहरुबाट निस्केको फोहोरले ब्लक भएर कोल्टिबजार दुर्गन्धित भएको थियो । पटक पटक सम्वन्धित निकायहरुबाट कोल्टिबजारमा रहेका होटेल ब्यवसाइहरुलाई फोहोर न्यूनीकरण गर्नका लागि अग्राह गर्दा पनि फोहोर जथाभावी फाल्ने काम भएको र फोहोर नै नियन्त्रण नहुदा सर्वसाधारणहरु आफै मर्कामा परेका थिए ।

उपमेयर श्रीस्टी रेग्मी सहित जनप्रतिनिधि , सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा कर्मचारी ,सुरक्षाकर्मी, संचारकर्मी, बजारका बसिन्दाहरु स्वयं आफै नाली सफा गर्न कोल्टिबजार पुगेका थिए । ढलले थुनिएको नालीमा आफै गइ रेग्मीले सफा गरेकी थिइन् ।

उपमेयर रेग्मी भन्छिन् “आफ्नो घर, आगन, टोल आदि देखेका फोहोर आफै सफा नगर्ने, अनि जनप्रतिनिधिले खोइ काम गरेको भन्ने जुन हाम्रो स्वभाव छ, त्यो परिवर्तन नागरेसम्म देशले काचुली फेर्दैन, जव नागरिकहरु आफैमा सचेत हुन्छन् तव राष्ट्रले फड्को मर्न निकै सजिलो हुनेछ ।” उपमेयर रेग्मीको यस्तो काम देखेर सबै कोल्टिबजार खुसी भएका थिए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter