प्रधानमन्त्री केपी शर्मा ओलीले चार मन्त्री थप्दै सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् . ओलीले आफ्नो मन्त्रिपरिषदमा चारजना मन्त्री थपेर राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गराइएको छ ।

एमालेबाट महासचिव ईश्वर पोखरेल रक्षामन्त्री बनेका छन् भने य’वराज खतिवडा अर्थमन्त्री बनेका छन्. माओवादीले रामबहाद’र थापालाई गृहमन्त्री बनाएको छ भने अर्का नेता मातृका यादव उद्योग वाणिज्य तथा आप“र्ति मन्त्री बनेका छन्. यससँगै माओवादी केन्द्र पनि सरकारमा सहभगी भएको छ ।

ओली सरकारको अर्थ मन्त्रिमा एमाले र नेपालि राजनीतिकै त्यागि नेता भनेर चिनिएका एमाले सचिव प्रदिप ज्ञवालीको चर्चा चलेको भए पनि उनि सपथग्रहणमा भाग लिन पाएनन् . अर्थमन्त्रिमा सपथग्रहण गरेका खतिवडाको अर्थ राज्यमन्त्रिमा चर्चा चलेको थियो ।आफ्नो जीवनकालनै पार्टीमा खर्चिएका अझ त्यागि बनेर चिनिएका ज्ञवालीलाई मन्त्रि नबनाई कम यागदान दिएका खतिवडालाई मन्त्रि बनाउदा पनि एमाले कार्यकर्ता ओलीको विरोधमा देखिएका छैनन्, सामाजिक संजाल निय’क्त मन्त्रिह?लाई बधाई र ओलीको हाईहाईले भरिएका छन् ।

प्रधानमन्त्री ओली, एमाले र बाम गठबन्धनका भिजन लाग’ गर्न र देशलाई विकासको नयाँ मोड दिन, आर्थिक विकासमा देशलाई सबल बनाउन अर्थ्विद् नेपाल राष्ट्र बैंकको पन्ध्रौं गभर्नर, नेपाल सरकारको राष्ट्रिय योजना आयोगको उपाध्यक्ष जस्ता महत्वप“र्ण जिम्मेवारीमा रहेर क’शलता देखाईसकेको र देशको विकासमा आर्थिक पाटो महत्वप“र्ण रहेकाले ओलीले क्षमतावान व्यक्तिलाई मन्त्रि बनाएको भन्दै सामाजिक संजालमा ओलीको प्रसंशा भएको छ . ओलीले विकासवादी उदाहरणीय कदम चालेको भन्दै सामाजिक संजाल भरिएको छ ।

मन्त्रि बन्न नपाएका ज्ञवाली ओलीका अति निकट पात्र मानिने र उनिनै मन्त्रि नबन्दा ओलीको यो कदम ग’ट, पार्टी भन्दा पनि देशको लागि उचित रहेको सामाजिक संजालह?मा अभिव्यक्ति पाईएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका खतिवडाको सांसद पदको सपथग्रहणमा भने सर्वोच्च अदालतले रोक लगाइसकेको छ . म’द्दाको अन्तिम ट’ंगो नलागेसम्म खतिवडा सांसदको हैसियतमा रहने छैनन् ।

यद्यपि उनलाई मन्त्री बन्न भने संविधानले रोकावट गर्दैन . मन्त्री बनेको ६ महिनाभित्र संघीय संसदको सदस्य भइसक्न’पर्छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter