काठमाडौं – नेपालबाट हराएका उमा महेश्वर र भगवान बुद्धको पूर्णकदको मुर्ति न्यूयोर्कको मेट्रोपोलिटन कला संग्रहालयले नेपाल फिर्ता गराउने भएकाे छ।

उक्त मुर्ति नेपाल सरकारलाई हस्तान्तरण गर्नका लागि  मेट्रोपोलिटन कला संग्रहालयले एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ।  उक्त समझदारी पत्रमा न्युयोर्कस्थित कन्सुलर जनरल मधुकुमार मरासिनी र संग्रहालयका अध्यक्ष  डेनियल एच विसबीच हस्ताक्षर भएकाे छ।

उक्त मुर्तिहरूमध्ये टंगालहिटी,पाटनमा रहेको उमा महेश्वरको मुर्ति बाहैँदेखि तेहौं शताब्दीमा बनेको विश्वास छ।संग्रहालयले उक्त मुर्ति फिर्ता गर्नका लागि सहयोग पुर्‍याएको मरासिनीले धन्यवाद दिएका छन्।भन्सार तथा कार्गाे सम्बन्धि सम्पूर्ण प्रकृयाहरू पुरा गराई सन् २०१८ अप्रिल भित्र नै उक्त मुर्तिहरू नेपाल फिर्ता गराइने विस्ले बताए।

 

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter