इलाम, फागुन २३ | इलाममा सुरक्षित प्रसुती गराउने भन्दा गर्भपतन गराउने महिलाको संख्या धेरै पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यलय इलामको तथ्याङ्क अनुसार तीन आर्थिक वर्षमा ४ हजार ८ सय ०५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् भने ४ हजार १ सय ५४ जनाले सुरक्षित प्रसुती सेवा लिएको पाइएको छ ।

यो संख्यामा सुरक्षित प्रसुती गराउने भन्दा गर्भपतन गराउने महिलाको संख्या ६ सय ५१ ले बढी देखिन्छ । सुरक्षित गर्भपतन सेवालाई निःशुल्क बनाएपछि संख्यामा वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालय इलामका दिपेन्द्र आचार्यले बताउनुभयो । उहाँका अनुसार सुरक्षित गर्भपतन गराउनेमा २० वर्ष माथिका चार हजार ३ सय २२ जना छन् भने २० वर्ष मुनिका ४ सय ८३ जना रहेको बताइएको छ ।

कार्यलयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१/०७२ मा १ हजार १ सय ७४ जना, ०७२/०७३ मा १ हजार ८ सय १५ जना र ०७३/०७४ मा १ हजार ८ सय १६ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । यस्तै, ०७१/०७२ मा १ हजार ४ सय ७० जना, ०७२/०७३ मा १ हजार २ सय ८८ जना, ०७३/०७४ मा १ हजार ३ सय ९६ जनाले सुरक्षित प्रसुती सेवा लिएको पाइएको छ ।

भौगोलिक बनावटमा विविधता भएका कारण इलामका विभिन्न स्थानमा २२ वटा स्वास्थ्य संस्था तथा बर्थिङ्ग सेन्टरले सुरक्षित गर्भपतन तथा प्रसुती सेवा दिँदै आइरहेका छन् ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter