लण्डनमा कोठा भाडामा लगाउने घरबेटीहरुले भाडाको सट्टा सेक्सको माग गर्दै ‘रेन्ट फर सेक्स’ भन्ने अभियान चलाउँदै विज्ञापन छाप्न थालेपछि त्यसको सत्यताबारे बुझ्न गएकी बीबीसी थ्री डकुमेन्ट्रीकी पत्रकार एली फ्लिनको अनुसन्धानमा आधारित ।

‘हो, खाना पकाई दिए बापत, सफाई गरिदिए बापत र बस्नलाई छानो दिए बापत मसँग सेक्स गर्न पाउने प्रस्ताव राखिँदै थियो । लण्डनको त्यो शुक्रबारको साँझ मेरो अघिल्तिर २५ वर्षको एउटा युवक बसेको थियो ।’

उसले आफ्नो सुत्ने कोठा मसँग साझा गर्न तयार रहेको भन्यो, त्यो पनि बिना कुनै भाडाको… तर उसको एउटा सर्त थियो– सेक्स गर्न पाउनुपर्छ । मैले त्यहाँ आश्रय पाउनुका निम्ति उसँग नियमित सेक्स गर्नु पर्ने हुन्थ्यो ।

जुन युवकका अघिल्तिर म बसेकी थिएँ उसका लागि म एउटी नर्सिङ पढ्दै गरेकी २४ वर्षीय विद्यार्थी थिए, जोसँग लण्डनमा बस्नका लागि कुनै घर थिएन । लण्डनको जुन घरमा उसले यो सबै प्रस्ताव राखिरहेको थियो उसँगै त्यहाँ अरु पनि बस्ने गर्थे ।
तर पनि उसले भन्यो– ‘अरु भए पनि केही फरक पर्दैन मात्र तिमीले मेरी ‘गर्लफ्रेन्ड’ हो भने पुग्छ ।’ जब म अलिक आत्तिएझैँ गरे त्यसपछि उसले मलाई फकाउँदै आफ्नो कुरामा सहमत गराउन खोजिरहेको थियो ।

उसले के पनि भन्यो भने– ‘हेर यसरी अनलाईनमा कोठा अफर गर्नेहरुमध्ये म निकै राम्रो विकल्पमा पर्छु ।’ उसले थप भन्यो– ‘मेरो कुरामा विश्वास गर निकै मजा आउँछ ।’

यो शहरमा उ कुनै एक्लो मानिस थिएन जसले मलाई घरमा ‘रेन्ट फर सेक्स’ (बस्न दिए बापत सेक्सको प्रस्ताव)को प्रस्ताव राख्दै थियो । यस अघि नै मैले लोकप्रिय ‘क्लासिफाईड एडभर्टिजमेन्ट साइट’ हेरी सकेकी थिए । जहाँ दर्जनौँ यस्ता विज्ञापनहरु थिए जहाँ ‘एडल्ट एरेजमेन्ट’को सट्टा घर र कोठा दिने प्रस्ताव गरिरहेका थिए ।

यस्ता विज्ञापनहरु पूरै ब्रिटेनमा नै फैलिएको छ । ब्राईटनदेखि लिएर एडिनबारासम्म । यो काम त ठूलादेखि साना सबै सहरहरुमा चलि नै रहेको थियो । यस्ता खाले प्रस्ताव सहित गरिएका विज्ञानबारे मैले हेरी नै रहेकी थिएँ कि एउटा घरबेटीले मलाई मेरो शरीर र छातीको आकार सोध्यो ।

अर्को एउटा घरबेटीले भन्यो– ‘तपाईं जतिबेलासम्म यो ‘एडल्ट एरेन्जमेन्ट’का लागि तयार हुनुहुन्न हामी यसमै कुरा गरिरहन सक्छौँ ।’ अनि मैले ती घरबेटीहरुसँग समय मिलाएर भेट्ने निधो गरेँ । म के कुरामा अच्चम्मित भएँ भने ती सबै घरबेटीहरु फरक फरक उमेर समूहका थिए ।

एउटा घरबेटी २४ वर्षको केटो थियो भने अर्कोले मलाई आफ्नी छोरीको कोठा साझा गर्न दिने बारे प्रस्ताव गरिरहेको थियो । अर्कोले भने पछाडीको बगैचामा रहेको कोठा दिने तर त्यस बापत आफूले नियमित सेक्स गर्न पाउनु पर्ने बताइरहेको थियो । तपाईंसँग भाडा पनि लिँदैनौँ भन्ने उनीहरुको स्पष्ट भनाई थियो ।

मैले जति पनि घरबेटीहरुलाई भेटेँ ती धेरै जसो एक्लै बस्नेहरु थिए । मैले ती घरबेटीहरुका अघिल्तिर आफूलाई कसरी पेस गरेकी थिए भने, मसँग लण्डनमा बस्नका लागि कुनै घर छैन र निकै लाचारीपूर्ण अवस्थामा आफ्नो जीवन व्यतित गर्दैछु ।

उनीहरुले यस्तो परिस्थिती बुझेर निकै बेशर्मीकासाथ मलाई बस्नलाई ठाउँ दिए बापत आफूसँग सुत्नु पर्ने कुरा गरिरहेका थिए । उनीहरुलाई कुनै असहजपना थिएन कि उनीहरुले के भनि रहेका छन् र यो गलत हो ।

यस क्षेत्रमा काम गर्दै गरेकी एलेन मोरानका अनुसार यो सबै काम गैरकानूनी हो तर पनि कानून लागू गराउने संस्थाहरुले यो सबै जान्दा जान्दै पनि हुन दिइरहेका छन् । उनको संगठनले ‘रेन्ट फर सेक्स’ भन्ने अभियानलाई गैरकानूनी करार गर्नका लागि काम गरिरहेको छ ।

उनका अनुसार सरकारले ‘रेन्ट फर सेक्स’लाई सरकारले नै गैरकानूनी घोषित गर्नुपर्ने हो । हामीले यसलाई फेर्नका लागि आधारभूत तहबाटै केही परिवर्तन गर्नु पर्ने कुरा बताइन् ।

एली फ्लिन/बीबीसी थ्री

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter