हामीले ८ मार्च १९११ बाट अन्तराष्र्टि«य श्रमिक दिवस मनाउन थालेका हौँ । समान ज्याला, ८ घण्टा काम, मताधिकार, मजदुर युनियनमा सहभागिता, मातृशिशु सुरक्षा जस्ता विषय त्यस समयमा जोडदार रुपमा उठान भए र तत्कालिन शासकहरुले ति मागहरु पूरा गर्न बाध्य भए । ती मागहरु पूरा भएपछि त्यसलाई सस्थागत गर्न वर्षै पिच्छे हामी यो दिवश मनाउने गरेका छौँ ।

सन् १९१० मा डेनमार्कको कोपनहेगनमा समाजवादी महिलाहरुद्धारा आयोजित सम्मेलनमा क्लारा जेटकिन (जर्मन महिला नेतृ) को नेतृत्वमा विश्वभरी लागू गर्ने अवस्था सिर्जना भयो । यि मागहरु पुरा गराउन सफल भएपछि विश्वभर अन्तराष्ट्र्रिय श्रमिक महिला दिवशको कार्यक्रम मनाउदै आएका छौँ । यसले महिलालाई दोश्रो दर्जाको नागरिक बनाउने प्रबृतिको अन्त्य हुन थालेको छ ।

नेपालमा अहिले पनि महिलाहरु बलत्कार, घरेलू हिंसा, बेचबिखन, सार्बजनिक वा कार्य स्थलमा यौनजन्य हिंसा, बालविवाह, बोक्सी, दाईजो, छाउपडी, मानसिक शारिरिक यातना तथा विभेदकारी निति, समान कामको समान ज्याला र असमान कानूनको शिकार बनेका छन् । यसलाई राज्य, राजनीतिक दल, विभिन्न सघ सस्था र सचेत नागरिकको संयूक्त पहलबाट शिक्षा दिक्षा, दण्ड जरिवाना, कानूनी उपचार र चेतना जागृत गरेर अन्त्य गर्न सक्छौँ ।

नेपालमा सात दशकको अधिकार प्राप्तीको सघर्षमा पूरुषहरुको साथसाथमा महिलाहरु पनि सगसगै आन्दोलित भएका छन,् सहकार्य गरेका छन । जनताका अधिकार कुण्ठित हुदा महिलाहरुका अधिकार पनि स्वतः कुण्ठित हुने गर्दछन् । त्यसैले राणा शासक, पंचायती शासकले हरण गरेका जनअधिकार प्राप्तिको लडाईमा, लोकतन्त्र प्राप्तीको लडाईमा, प्रजातन्त्र प्राप्तीकोे लडाई, निरंकुशताको विरुद्धको लडाईमा, राष्ट्रियताको लडाईमा नेपाली राजनीतिक दल र पुरुषहरु सगसगै नेपाली महिलाहरुको सहभागिता अत्यन्तै उत्साहप्रद थियो , जसले गर्दा हामीले ति अधिकार प्राप्ति गरेका छौ ।

राजनितिक दलहरुको सहयोगमा पछिल्लो समयमा आमाको नाममा नागरिकता, समान शिक्षा, पैतृक सम्पत्तिमा समान अधिकार, पार्टी र राज्यमा ३३ % सुनिश्चित हुने गरि आरक्षण, विधुवा भत्ता, महिलाको नाममा सम्पत्ती खरिद गर्दा केही छुट लगाएतका अधिकार प्राप्तिमा समेत हामीले सफलता प्राप्त गरेका छौ ।

२०७२ सालको लोकतान्त्रिक, गणतान्त्रिक, संविधानले जनताका धेरै अधिकारहरुको संस्थागत गरेको छ, साथै महिला अधिकारको पनि संविधानमा नै धेरै अधिकार लिपिवद्ध भएका छन् । ति अधिकारहरुलाई कार्यन्वयन गर्ने र लिपिवद्ध भएका अधिकारहरुलाई व्यवहारमा उतार्ने, स्वभाविक रुपमा अगाडी बढाउने काममा अव हामी सवै एकसाथ, एकजुट भएर लाग्नुपर्ने अवस्था सिर्जना भएको छ ।
समाजको विकास र समृद्धि तव सम्भव हुन्छ, जव लैंगिक समानता हुन्छ, छुवाछुत र विभेद हुदैन । महिलाहरु र पछाडी पारिएको समुदायलाई बिकासको एजेण्डा, निति निर्माणको एजेण्डामा सहभागी नबनाएसम्म समृद्धिको ढोका खुल्दैन । त्यसैले केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले यि विषयहरुमा ध्यान पुर्याउनु जरुरि देखिन्छ । संविधानमा उल्लेखित अधिकारको सफल कार्यन्वयनमा तिनै तहका सरकारले उचित ध्यान दिनु पर्दछ ।

नेपालमा हामी अधिकार प्राप्तिको लागि लामो लडाई लडेर आएका छौं । अहिले जनताका अधिकारक साथै महिला अधिकारहरु प्राप्ति भएका छन् । संविधानमा ति अधिकारहरु लिपिवद्ध भएका छन् । ति अधिकारहरुलाई संविधानको सफल कार्यन्वयन सगै संस्थागत गर्न सकिन्छ,  व्यवहारमा उतार्न सकिन्छ त्यस कामको लागि निति निर्माण तह, कार्यन्वयन तहमा महिलाहरुको सक्रिय सहभागिता आवश्यक रहेको छ ।

नेपालमा २०७२ सालको लोकतान्त्रिक, गणतन्त्रात्मक संविधान कार्यन्वयनको लागि हालसालै भएका ३ तहका निर्वाचनमा महिलाहरुको उपस्थिति उल्लेख्य रहेको छ । राष्ट्रको सर्वोच्च तहदेखि अन्य महत्वपूर्ण स्थानमा महिलाहरु कार्यकारी भूमिकामा रहने गरि निर्वाचित र मनोनति हुनु भएको छ । यसले प्राप्त उपलब्धीहरुको रक्षा गर्दै अब थप अधिकार प्राप्तीको लागि अगाडी बढने उचित वातावरण बनेको छ ।
अधिकारलाई तल्लो तहसम्म स्थापित गर्न आर्थिक पाटोको अत्यान्तै महत्वपूर्ण भूमिका रहन्छ आर्थिक रुपमा महिलाहरु सम्पन्न हुन सक्नुभएन भने कागजमा लेखिएको अधिकारले वास्तविक तल्लो तहका महिलाहरुको जीवनस्तर फेरिदैन, उनीहरुको जीवनस्तर फेर्नको लागि राष्ट्र समृद्ध हुनुपर्छ, देशमा औधोगिक क्रान्ति हुनुपर्छ, रोजगारीका अवसरहरु सिर्जना हुनुपर्छ । त्यसले मात्र महिलाहरुलाई वास्तविक अधिकार सम्पन्न बनाउन सक्छ । हामीले पनि त्यसतर्फ ध्यान पु¥याउन जरुरी छ । राष्ट्रलाई उन्नत वनाउने, समृद्ध बनाउने, समाजमा चेतना जागृत गर्ने काममा सबैभन्दा महत्वपूर्ण भूमिका महिलाहरुको नै हुनेछ ।

हामी समृद्ध नेपाल, सुखी नेपाली बनाउने राष्ट्रिय अभियानमा जुटेका छौ । समृद्ध हुदैमा कोही सुखी हुदैन । सुखी हुन खुसी हुन जरुरी छ । खुसी नेपाली बनाउन हामीले स्वदेशमा नै रोजगारीको अवसर सृजना गरेर घर परिवार सगसगै दुःख सुख गरेर खान, लगाउन, बस्न, औषधी उपचार र शिक्षा प्राप्त हुने अवस्था सिर्जना गर्नुपर्दछ । तब मात्रै हामी सुखी र खुसी हुन सक्छौँ । हजुरबुवा, हजुरआमा, आमा बाबा, दाजु भाई, दिदी बहिनी, छोरा छोरी सगै बसेर दुःखमा साथ दिने सुखमा रमाउने वातावरण नबनेसम्म सुखी नेपाली हुन सक्ने अवस्था आउदैन । त्यसैले यो वातावरण निर्माण गर्नका निम्ती सबै जना हातमा हात काँधमा काँध मिलाएर अगाडी बढौँ अनि मात्र समृद्ध नेपालमा सुखी नेपाली हुनेछौँ । अन्तराष्ट्र्रिय श्रमिक महिला दिवश मनाएको सार्थकता रहने छ ।
लेखक भीम कार्की नेकपा (एमाले) को प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter