२४ फागुन, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र नेकपा क्रान्तिकारी माओवादी निकट महिलाहरुले संयुक्त अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै छन् ।

दुबै पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले आयोजनामा काठमाडौँमा संयुक्त रुपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन लागेका हुन् ।

‘१०८ औं श्रमिक महिला दिवस भव्य रुपमा सफल पारौं, महिलामाथि भइरहेका सबै उत्पीडनका विरुद्ध संघर्ष गरौं’ भन्‍ने मूल नारासहित दुबै संगठनले संयुक्त रुपमा श्रमिक महिला दिवस मनाउन लागेका अनेम संघ क्रान्तिकारीकी महासचिव धिरिन्द्रा उपाध्ययले जानकारी दिइन् । उनका अनुसार बिहीबार (आज) दिउँसो १२ बजेबाट काठमाडौँको शान्तिवाटिकाबाट र्‍याली सुरु हुनेछ ।

र्‍यादी पुनः शान्तिवाटिकामै पुगेर कोण सभामा परिणत हुनेछ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter