फागुन-२४, काठमान्डौ / पर्साको पटेर्वासुगौली गाउँपालिकामा आठ वर्षीय बालिकाको बलात्कार भएको छ । घरबाट बाख्रा चराउन निस्किएकी बालिका बलात्कारको शिकार भएकी हुन् ।अहिले उनको अवस्था दर्दानाक छ, शरीर भरि घाऊ भएकी उनि ड्वा ड्वा रुन्छिन भने उनका बाबुको रोदन देख्दा हर कसैको मन सम्हालिन असम्भब छ । हाल उनि ग्रिनसिटि अस्पतालमा उपचारार्थ छिन् । अपराह्न घरबाट बाख्रा चराउन निस्किएकी बालिका बेलुकासम्म घर नफर्केपछि परिवारका सदस्यले खोजतलास गर्दा गाउँपालिकाको वडा नं ५ निचुटनाको पोखरी नजिकैको खेतमा मुर्छित अवस्थामा फेला परेपछि हाल उनिको उपचार भईरहेको छ ।

गत बुधबार अपरान्ह विद्यालय सकाएर घर फर्किएकी बालिका आफ्नी साथीसँग बाख्रालाई घाँस लिन गाँउ नजिकको खेतमा गएका बेला खेतको नजिकैको पोखरीमा माछा मारिरहेका मलाहहरु (माछा मार्ने समूह) मध्येका एक युवकले दुवै बालिकालाई माछा दिने प्रलोभन देखाएर जवरजस्ती गर्न खोज्दा एक बालिका उम्केर भाग्न सफल भए पनि अर्की बालिकालाई ती युुवकले कुटपिट गर्दै बलात्कार गरेको प्रहरीले जनाएको छ।
ए.पी. वान् टेलिभिजनले तयार पारेको यो दर्दानाक अवस्था हेर्नुहोस् ।

छोरीको यो हालत बनाउनेलाई फासिको सजाय होस् भनेर रुदै कराउने बाऊ को रोदन हेर्दा मन थाम्न हर कोहिलाई गार्है पर्छ ।

 

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter