फागुन २७, काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाका दुई जना प्रहरी अधिकारी जुवाको खालबाट पक्राउ परेका छन् ।गएराति काठमाडौं प्रहरी परिसरले काठमाडौं–२६, गोंगबुस्थित कालो बंगुर सेकुवा घरमा छापा हान्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । उनीहरुसँगै अन्य ५ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने प्रहरी अधिकारीमा महाशाखाका हवल्दार इन्द्र थापा र प्रहरी जवान सुरज थापा छन् ।

पक्राउ पर्नेमा अन्यमा शैलेन्द्र खड्का, सञ्जयकुमार तामाङ, अरुणकुमार महर्जन, अनिल गुरुङ र विष्णु श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।उनीहरुको साथबाट १ लाख ४७ हजार १ सय रुपैयाँ रकम समेत बरामद भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए । उनका अनुसार थप अनुसन्धान भइरहेको छ । जुवा खेलाउने सेकुवा घरका मालिक अर्जुन ठकुरी फरार छन् ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter