काठमाडौँ / हामी बंगलादेशमा भएको एउटा तालिममा सहभागी हुन गएका थियौं । हामी विभिन्न ट्राभल एजेन्सीमा काम गर्ने १६ जना नेपाली थियौं । खासमा हिजो उड्नुपर्ने विमान आज उड्यो । हामी बंगलादेशबाट राम्रै तरिकाले आइरहेका थियौं । जब काठमाडौंमा ल्यान्ड गर्ने बेला भयो विमान अर्कै तरिकाले उडेको जस्तो अनुभव भयो ।

हामी बंगलादेशमा भएको एउटा तालिममा सहभागी हुन गएका थियौं। हामी विभिन्न ट्राभल एजेन्सीमा काम गर्ने १६ जना नेपाली थियौं खासमा हिजो उड्नुपर्ने विमान आज उड्यो। हामी बंगलादेशबाट राम्रै तरिकाले आइरहेका थियौं। जब काठमाडौंमा ल्यान्ड गर्ने बेला भयो विमान अर्कै तरिकाले उडेको जस्तो अनुभव भयो।यत्तिकैमा विमान जोडले हल्लियो। के भयो केही थाह पत्तो भएन। म विमानको झ्याल छेउमा थिए। एक्कासी ड्याम्म गरेको आवाज आयो। त्यसपछि के के भयो पत्तो नै पाइएन।

म झ्याल फोडेर बाहिर निस्के। कसले हो मलाई सिनामंगलको अस्पतालमा पुऱ्यायो। त्यहाँबाट साथीहरुले नर्भिक अस्पतालमा पुऱ्याए। मलाई घुडा र टाउकोमा चोट लागेको छ………….. बाँकी खबर कान्तिपुर डेलीमा प्रकाशित भएको छ ! (बसन्त बोहोरा, रस्विता ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका कर्मचारीसँग कान्तीपुरकर्मी जनकराज सापकोटाले गरेको कुराकानीमा आधारित  ) अहिले सम्म ४८ जनाको शव निकालीसकिएको विमानस्थल श्रोतले जनाएको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter