फागुन २९ । क्रान्तिकारी पत्रकार संगठन नेपाल नवलपरासीको जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । मंगलबार सम्पन्‍न सम्मेलनले शिव डुम्रे अध्यक्ष रहने गरि १३ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । सचिवमा प्रतिक्षा उपाध्याय निर्वाचित भएकी छन भने सदस्यहरु धनिराम चौधरी नैना क्षत्री, शिद्धिचरण गुप्ता, विकास आचार्य, अस्मीता गैरेलगायत रहेका छन् ।

सम्मेलनको उद्घाटन गर्दै संगठनका कन्द्रीय सदस्य तथा लुम्बिनि ब्युरो संयोजक प्रकाश डुम्रेले श्रमजीवी पत्रकारहरु आफ्नो पेशागत अधिकार र जनताको पक्षमा सूचना सम्प्रेषणका गर्नुपर्ने बताए । उनले आस्थाकै आधारमा राज्यले पत्रकारहरुमाथि धरपकड गरेको भन्दै बन्द गर्न आग्रह गरे ।

सम्मेलनलाई शुभकामना दिँदै नेकपाका जिल्ला ईन्चार्ज सुमन ज्ञवाली, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी, नेपाल पत्रकार महासंघ नवलपरासीका उपाध्यक्ष हरि शर्मा, प्रेस चौतारीका जिल्ला अध्यक्ष्य केशव पराजुली, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सचिवालय सदस्य रवि पाण्डे, गणेश पाण्डेलगायतले प्रेस र नागरिक स्वतन्त्रको रक्षाको रक्षा राज्यले गर्नु पर्ने धारणा राखेका थिए ।

नवनिर्वाचित कार्यसमितिलाई दाउन्ने साप्ताहिकका सम्पादक डा. शिवशंकर बस्यालले सफल कार्यकालका लागि बधाई तथा शुभकामना व्यक्त दिँदै क्रान्तिकारी पत्रकार संगठन नवलपरासीले सत्य-तथ्य समाचार गरेर समाजको एेन बन्‍ने विश्वास व्यक्त गरेका थिए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter