फागुन ३०,काठमाडौँ । इंग्लिस क्लव म्यान्चेस्टर युनाईटेडलाई हराउँदै स्पेनको सेभिया युएफा च्याम्पियन्स लिग प्रतियोगिताको क्वाटरफाईनलमा पुगेको छ । ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टर युनाईटेड २-१ ले पराजित भएको हो । गोलरहित बराबरी खेलेको म्यान्चेस्टर युनाईटेड दोस्रो लेगमा पराजित भएसँगै प्रतियोगिताबाटै बाहिरिएको छ ।

सेभियालाई विजयी गराउन दुबै गोल बेन एडरले गरे । म्यान्चेस्टर युनाईटेडका रोमेलु लुकाकुले एक गोल गरे । युक्रेनको शख्तरलाई हराउँदै ईटालीको एएस रोमा पनि च्याम्पियन्स लिगको क्वाटर फाईनलमा पुगेको छ ।

दोस्रो लेगको खेलमा रोमालाई विजयी गराउन एडिन जेकोले निर्णायक गोल गरेका थिए । पहिलो लेगमा २-१ ले हारेको रोमा दोस्रो लेगमा विजयी भएसँगै एग्रिगेटमा खेल २–२ गोलको बराबरीमा पुग्यो ।

शख्तरको मैदानमा गरेको अवे गोलको मद्दतले रोमा क्वाटरफाईनलमा पुगेको छ । आज राति दुई खेल हुने छ । स्पेनको बार्सिलोना र इङ्ल्यान्डको चेल्सी भिड्दा टर्कीको बेसिक्तासले जर्मनीको बायर्न म्युनिखसँग खेल हुने छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter