पोखरा, अस्ट्रेलियामा रहेर पनि गायिका टिएम शोभा केसीले गीतसंगीतलाई भुल्न सकेकी छैनन् । उनको भर्खर मात्र आफ्नो स्वरमा रहेको ‘एक नजरको माया’ बोलको गीत सार्वजनिक गरेकी छिन् । ‘लास्ट बेन्च विच’ को प्रस्तुति रहेको सो म्युजिक भिडियोको निर्देशन रिक सुवेदी र पुकार सिंहले गरेका छन् ।

 

अस्ट्रेलियाको विभिन्न ठाउँमा छायांकन गरिएको सो भिडियोमा गायिका टिएम शोभा आफंैले अभिनय गरेकी छिन् । अत्याधुनिक आधुनिक उपकरण प्रयोग गरी छायांकन गरिएको सो भिडियो युवायुवतीलाई लक्षित गरेर तयार पारिएको उनले बताइन् ।
यसअघि उनले ‘साइमन’ एल्बम बजारमा ल्याइसकेकी छिन् । त्यस एल्बममा समेटिएका गीत तथा भिडियोबाट उनले दर्शक÷श्रोताहरूको माया बटुलिसकेकी छिन् । श्रोता÷दर्शकहरूले पछिल्लो गीत तथा भिडियोलाई पनि मन पराइदिने टिएम शोभाको विश्वास छ । कक्षा ६ मा पढ्दा नै अन्नत यात्रा नामको एल्बममा ‘हामी साना भए पनि देशको माया लाग्छ’ बोलको बाल गीत गाएर पुरस्कार जित्न सफल उनी हाल अस्ट्रेलियामा हुने विभिन्न सागितिक कार्यक्रममा समेत सहभागिता जनाउँदै आएका छन्

 

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter