फागुन-२९, पोखरा / विश्वभर समाजिक क्षेत्रमा अग्रसर रोटर्याक्ट इन्टरनेसनलको ५०औं बर्ष पुरा भएको सुखद उपलक्ष्यमा विश्व भरिका रोटर्याक्टले रोटर्याक्ट सप्ताहा मनाएका छन् । अंग्रेजी महिना मार्च १२ देखि मार्च १८ सम्म मनाइने रोटर्याक्ट सप्ताहा पोखरामा पानि मनाईएको छ। रोटर्याक्ट क्लब अफ पोखराले रोटर्याक्ट सप्ताहा आखाँ दान जनचेतना तालिम, जनाचेतना जस्ता कार्यक्रम गरेर मनाऊदै आएको छ, सप्ताहा मनाउदै गर्दा रोटर्याक्ट क्लब अफ पोखराले बिहिबार २४ वटा विधालयलाई “जिउनका लागि शुद्द पिउने पानि“ भन्ने नारालाई जोड दिदै १-१ वटा वाटर फिल्टर र २-२ सेट वाटर डिस्पेन्सर र जार प्रदान गरेको छ ।

हंगकंग इन्टरनेशनल स्कुलको सहयोगमा पोखरा आसपासका २४ वटा विधालयलाई १-१ वटा वाटर फिल्टर र २-२ सेट वाटर डिस्पेन्सर प्रदान गरेको रोटर्याक्ट क्लब अफ पोखराका अध्यक्ष सुदिप गुरुङले बताए ।

पोखरा नदिपुर् स्थित ज्ञानभुमि माध्यमिक विधालयमा सम्पन्न कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर नोमिनी तथा रोटरी क्लब अफ पोखराका पुर्व अध्यक्ष किरणलाल श्रेष्ठ, विशेष अतिथि रोटरी डिस्ट्रिक्ट ३२९२का सहायक गभर्नर रोस गुरुङ, विशेष अतिथि हंगकंग इन्टरनेसनल स्कुलको टोलिको टोलि नेता जेनी प्रभिस, अतिथि रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२का डिस्ट्रिक्ट प्रशिक्षक सन्जिब पौडेल, अतिथि रोटर्याक्ट क्लब अफ पोखराका पुर्व अध्यक्ष शोभाकान्त सिग्देलले आफ्नो मन्तव्य राखेका थिए । रोटर्याक्ट ५०औं बर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा कार्यक्रममा उपस्थित सबैले बधाई तथा शुभकामना दिएर खुशी साटासाट गरेका थिए भने उदाहरणीय कार्य गरेकोमा रोटर्याक्ट क्लब अफ पोखरालाई धन्यवाद पनि व्यक्त गरेका थिए ।

स्वागत मन्तव्य राख्दै रोटरी क्लब अफ पोखराका अध्यक्ष मानकाजि माकाजुले यस सहयोग बाट २४ विधालयका करिब नौ हजार विधार्थी लाभान्वित हुने बताए ! कार्यक्रम रोटर्याक्ट क्लब अफ पोखराका सचिव विश्वदर्शन पराजुलीले संचालन गरेका थिए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter