पोखरा । पोलेमनापा वडा नं. १७ मा रहेका सहकारीहरुका विचमा आयोजना गरिएको सेभेन ए साईड फुटबल प्रतियोगिता डेभिडफल बचत तथा ऋण सहकारी संस्थाले उपाधि जित्न सफल भएको छ ।

छोरेपाटनमा टिवेटन क्याम्प मैदानमा शनिबार सम्पन्न प्रतिस्पर्धामा आयोजक डेभिडफलले विरौटा बचत तथा क्रण सहकारीलाई ट्राइब्रकेरमा ३–२ ले हराउँदै उपाधी हात पारेको हो । निर्धारीत ३५ मिनेटको समय गोल रहित बराबरीमा सकिएपछि खेल ट्राइब्रकेरमा गएको थियो । यस अघि डेभिडफलले अमले बचत तथा क्रण सहकारीलाई २–० ले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको थियो । विजेता टोली डेभिडफलले नगद ३० हजार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

अर्को फाइनल प्रतिस्पर्र्धी विरौटा सहकारीले पुइमे बचत तथा क्रण सहकारी संगको प्रतिस्पर्धामा निर्धारित समय ३५ मिनेट गोलरहित बराबरीमा सकिए पछि खेल ट्राइब्रकेरमा पुगेको थियो । ट्राइब्रकेरमा विरौटाले पुइमेलाइ पनि ३–२ ले हराउँदै फाइनल प्रबेश गरेको थियो । दोस्रो हुन सफल बिरौटाले नगद १५ हजार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।

विजयी खेलाडीहरुलाई अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले नगद ट्रफी तथा मेडलले सम्मान गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष गुरुङले सहकारीले पनि फुटबलमा चासो देखाएर उदाहरणीय कार्य गरेको बताए ।

कार्यक्रमका संयोजक एवं डेभिज फल सहकारीका उपाध्यक्ष पुष्प बरालले सहकारीहरु बिच खेलकुद मार्फत सहकार्य र भाइचाराको सम्बन्ध बिस्तार गर्ने उद्देश्यले खेल आयोजना गरेको बताए ।

यसअघि डेभिजफल सहकारीका सल्लाहकार देवीबहादुर थापाले रेफ्री बेदबहादुर थापालाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरेका थिए । सहकारीका अध्यक्ष राजन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सचिव राजेन्द्र थापाले सन्चालन गरेका थिए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter