चैत्र-७, पोखरा/ युवाहरु विदेश पलायन हुने क्रम धेरै बढेको छ । शिक्षित हुन् या अशिक्षित युवाहरु लाखौं रकम खर्चेर विदेश भासिईरहेका छन् । प्राय जसो विदेश जाने युवाहरुको साझा कारण बन्छ, नेपालमा अवसर छैन, भए पनि कमाई राम्रो हुदैन । रोजगारी, व्यापार केहि पनि उचित नदेखेको भन्दै युवा हरु विदेश भासिईरहदा एक उदाहरण बनेका छन् स्याङ्जा आरुखर्कका वेद प्रसाद पौडेल ।

चैत्र बैशाखको मासमा खासगरि कुनै तरकारी गाऊँघरमा नफल्ने भएपनि उनले आफ्नो दैनिक जीवनयापनको काऊरो बेच्ने गरेका छन् । खासगरि गाई भैंसीलाई घाँस दाऊरा का निम्ति प्रयोग गरिने बोट हो काऊरो तर यो फुल्ने बेलामा यसको मुन्टा अचार बनाउनको लागि पनि प्रयोग हुने गर्छ ।

प्रशस्त पाइने हुदा गाउँघर तिर यसको खासै महत्व देखिदैन तर शहर बजारमा यसलाई नचिन्ने, नचाखेका र नयाँ स्वाद लिन खोज्ने हरु यसको प्रयोग सुन्दा उत्साहित हुन्छन् र किन्छन्, र अमिलो स्वाद आउने यसको स्वादले मन पराऊँछन् । उनले यस काऊरो प्रति केजी ३२० रुपैयामा बेच्ने गरेका छन्  । गाऊँघरमा झरेर कुहिएर जाने काऊरोको मुन्टो बेचेर उनले बार्षिक १ देखि २ लाख सम्म कमाउने गरेको पिपुल्स डेली नेपाललाई बताए ।

स्याङ्जा आरुखर्क देखि बोरामा टिपेर उनले प्राय जसो पोखरामा काऊराको मुन्टा बोकेर ल्याऊँछन् र पोखरामा घर-घर डुलेर बेच्छन् । उनले काऊरो लगायत अन्य तरकारी र कन्तमुल पनि सिजन अनुसार बेच्ने गरेको बताए । डोको, बोरामा हालेर ल्याएको उनका हरेक वस्तु केहि घण्टामै बिक्रि हुन्छन र उनि फर्किने गरेको पौडेलले बताए । काऊरो, कोईरालो, पानि अमला लगायतका वस्तु शहर बजारमा मानिसले नसुनेको र नचिनेकोले डर मानेर नकिन्ने हुदाँ शुरुमा आफैले खाएर देखाउने गरेको उनि बताऊछन् ।

 

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter