पोखरा// युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार विश्वकर्माले पश्चिमाञ्चलमा रहेको पोखरा रंगशालामा पश्चिमाञ्चल खेलकुदको समग्र गतिबिधिको निरिक्षणको तथा पश्चिमाञ्चल खेलकुदमा भएको प्रगति बिबरणको निरीक्षण गर्नुभएको छ ।

मन्त्री बनेपछि पहिलो पटक पोखरा लेखनाथ पुग्नुभएका युवा तथा खेलकद मन्त्री विश्वकर्मा पोखरा लेखनाथ महानगरपालिकामा रहेको पोखरा रंगशालामा पुगेर विश्वकर्माले पश्चिमाञ्चल खेलकुदको समग्र जानकारी लिएका थिए । उनलाई स्थानीय बासिन्दा तथा खेलाडीले भव्य स्वागत सहित सम्मान गरेका थिए ।

युबा तथा खेलकुद मन्त्री विश्वकर्माले पोखरा रंगशालामा बोल्दै खेलकुदमा भएका विकास निर्माणका समस्या तथा खेलाडीले भोग्नुपरेका पिडा अव सधैका लागि बन्द हुने अवगत गराएका थिए । उनले सके सम्म चाडो खेलकुद विश्वबिद्यालय खोल्ने आफ्नो सपना रहेको र तेस्लाई पूरा गर्ने प्रतिवद्दता ब्यक्त गरेका थिए । मन्त्री विश्वकर्माले पोखरा रंगशालामा रहेको बास्केटबल, क्रिकेट मैदानको अवलोकन समेत गरेका थिए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter