मन्त्रिपरिषद् गठन छलफल भैरहेको बेला प्रदेश ४ को सरकारले आज ३ जना मन्त्री थप हुने भएका छन् । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले ३ वटा नै मन्त्री एमालेबाट नियुक्त गर्ने पक्का भएको हो । मन्त्रीहरुलाई आजै प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

नेकपा एमालेका पूर्वमन्त्री किरण गुरुङलाई प्रदेश ४ को मन्त्री बन्ने पक्का भएको छ । मुख्यमन्त्रीको उमेदवारका रुपमा देखिएका किरण गुरुङ पार्टीले पृथ्वीसुव्वालाई मुख्यमन्त्रीको रुपमा सारेपछि किरण गुरुङले छाडेका थिए ।

एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर ४ संयोजक गुरुङलाई तनहुँको क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ बाट विजयी भएका थिए । गुरुङले अर्थ तथा योजना मन्त्रालय सम्हाल्ने भएका छन् ।

म्याग्दी जिल्लाबाट निर्वाचित भएकी नरदेवी पुन पुर्व सांसद तथा पशुपन्छी राज्य मन्त्री पनि प्रदेश नम्बर चारको मन्त्री बन्ने पक्का भएको छ । पुनले सामाजिक मन्त्रालय सम्हाल्ने भएकी हुन् ।

यसैगरी पुर्व सांसद विकास लम्साल पनि मन्त्री हुने पक्का पक्की भएको छ । लम्साल पर्वत जिल्ला प्रदेशसभा ‘ख’ बाट विजयी भएका थिए । पुर्व सांसद लम्साललाई युवा तथा बिद्यार्थीहरुमा चर्चा बटुलेका पुर्व पिएन क्याम्पसका सभापति पदम गिरीलाई पार्टी केन्द्रले चुनावमा प्रतिनिधि सभामा चुनाव उठाउने भएपछि लम्साललाई प्रदेश सभामा ल्याइएको थियो । लम्सालले भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्ने कुरा प्रदेश सभाका सदस्यले पिपुल्सडेली नेपाललाई जानकारी गराए ।

 

 

 

 

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter