चैत १५, पोखरा/ नेपाल कम्युनिष्ट पार्टी एमाले कास्की जिल्ला कमिटी सचिवालयको बैठक आज बसेको छ । पार्टी जिल्ला कमिटी अध्यक्ष कृष्ण थापाको अध्यक्षता तथा प्रदेश नम्बर ४ का अर्थ तथा योजना मन्त्री किरण गुरुङको प्रमुख आतित्यथामा वैठक बसेको थियो । कार्यक्रमका बोल्दै प्रमुख अतिथि गुरुङले अब प्रदेशलाई समृद्धको मार्गमा लैजान हामी सबै एकजुट भएर लाग्न पर्ने र हरेक नेपालीमा चेतनाको स्तर बढाउनका लागि विभिन्न ठाउमा सचेतना मुलक कार्यक्रमहरु राख्न पर्नेमा जोड दिनुभयो ।

जिल्ला कमिटी कास्की सचिवालय सदस्यहरु सहित बसेको वैठकको निर्णय अनुसार यही चैत २५ गते सम्म पार्टीका सम्पूर्ण सदस्यहरुलाई सदस्यता नवीकरण गर्नेपर्ने ।

आउदो चैत १८ गते नेपाल कम्युनिष्ट पार्टीको एमालेको जिल्ला पार्टी कार्यालय कास्कीमा पर्यटन तथा उड्डयनमन्त्री रबिन्द्र अधिकारीलाई सम्मान कार्यक्रम गर्ने निर्णय गरेका छन् ।

शहिद भिमशेन दाहालको स्मृतिमा यही चैत २६ गते बृहत कार्यकर्ता भेला गर्ने निर्णय भएको छ ।

कार्यालय सचिवलाई उचित जिम्मेवारी प्रधान गर्ने र कार्यालयलाई व्यवस्थित गराउन आवश्यक परेका कुरालाई मध्यनजर गरि कार्यालयमा रहेका हरेक समस्याहरुलाई समाधान गर्ने निर्णय भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका सभालाई महानगरको नाम पोखरा-लेखनाथ नभई पोखरा मात्र राख्न सुझाव दिने अध्यक्ष थापाले जानकारी गराए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter