महेन्द्र पौडेल, पोखरा चैत १७/ पोखरा विश्वविध्यालयमा स्ववियुको चुनावको रौनक बढेको छ . विद्यार्थी संगठनका तुल, ब्यानर र झन्डाले क्याम्पस रंगीचंगी देखिएको छ । बिहानको चियादेखि दिउँसोको खाजासम्म विद्यार्थीबीच चुनावकै विषयमा छलफल चल्छ । क्याम्पसमा एमाले निकट अनेरास्ववियु, कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी निकट अखिल क्रान्तिकारी र संघीय समाजवादी फोरमनिकट विद्यार्थी संगठन अस्तित्वमा छन् । प्रमुख तीन विद्यार्थी संगठनले धमाधम चुनावको प्रचारप्रसार थालेका छन् । अनेरास्ववियु, नेविसंघ र क्रान्तिकारीले पोखरा लेखनाथ महानगरपालिकाको ढुंगेपाटनमा रहेको केन्द्रीय क्याम्पस गेटअगाडि सम्पर्क कार्यालय खोलेका छन् ।

विद्यार्थी संगठनले एक्लाएक्लै चुनावी प्रचारप्रसार थालेका छन् । अनेरास्ववियुले भने केन्द्रीय क्याम्पस समिति अध्यक्ष ई.सुनील तिमिल्सिनालाई सभापतिको उम्मेदवारका रूपमा अगाडि सारेको छ । बलियो संगठन र हामीले पोखरा विश्वविध्यालयमा गरेका काम नै हाम्रो संगठनका साथीहरुका लागि जितको आधार रहेको तिमिल्सिनाको भनाइ छ । उनले भने हामीले धेरै गरेर देखाउनु छ । पीपुल्स डेली नेपाल संग कुरा गर्दै भने हामीले हाम्रो कार्यकममा

  • लेखनाथमा मेडिकल कलेजको स्थापना गर्न छौं ।
  • कास्की जिल्ला भित्र एग्ग्रिकल्चर इन्जीनियरिंङ कलेज खोल्ने छौं ।
  • पोखरा विश्वविध्यालयबाट रेल्वे इन्जीनियरिंङ, मेकानिकल इन्जीनियरिंङ, बायोटेक इन्जीनियरिंङ तथा मेडिकल विधामा रहेका अन्य विषयहरु संचालन गर्ने छौं ।
  • तराई पहाड र हिमाललाई केन्द्रित गरी कास्की जिल्ला बाहिर पोखरा विश्वविध्यालयका आङगीक कलेजको स्थापना गर्ने छौं .
  • पोखरा विश्वविध्यालयका सवै इन्ट्रान्सहरुलाई सेन्टरलाइज गर्ने छौं ।
  • विश्वविध्यालयमा रिसर्च ल्याव तथा रिसर्च लाइबेरी निर्माण गर्ने छौं ।
  • पोखरा विश्वविध्यालयका बिध्यार्थीहरुको फि तिर्न सजिलो होस् भन्ने हुतुले विश्वविध्यालयका हातामा भिजा र एस.सि.टि नेट्रोकको ए.टि.एम लन्च गर्ने छौं ।
  • केन्द्रिकित परीक्षा प्रणाली लागु गर्ने छौं ।
  • गुणस्तरीय शिक्षा प्रधान गर्नका लागि आवश्यक पर्ने काम गर्ने छौं ।

माथि उल्लेखित कामहरु आफ्नो कार्यकालमा काम गरेर देखाउने तथा अन्य संगठनका साथीहरु संग पनि सल्लाह गरि पोखरा विश्वविध्यालयलाई एसियाकै नमुना विश्वविध्यालयको रुपमा स्थापित गर्नका लागि आफुले अनेरास्ववियुबाट सभापतिमा उमेद्वारी दिएको र जित पनि निश्चित रहेको ई.सुनिल तिमिल्सिनाले बताए  ।

 

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter