काठमाडौं : चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठकीकी धर्मपत्नी यशोदा सुवेदी श्रेष्ठको निधन भएको छ । वरिष्ठ कलाकार श्रेष्ठकी पत्नी यशोदाको गएराति निधन भएको कलाकार शिवहरी पौडेलले जानकारी दिए । पौडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत् उनको निधन भएको जानकारी दिएका हुन् । यशोदा ६७ वर्षकी थिइन् ।

यशोदाको गएराति १० बजेर ४५ मिनेटमा उपचारका क्रममा निधन भएको हो । क्यान्सर रोग पीडित उनलाई ललितपुरको हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

उनको निधनको खबर सार्वजनिक भए लगत्तै अहिले धेरैजसो कलाकार अस्पताल पुगेका छन् । उनको आजै अन्त्येष्टि गरिने छ । यशोदाको जनम २००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा भएको थियो ।

कलाकार पौडेलले फेसबुकमा लेखेका छन्, “मह” का “म” अर्थात हाम्रा अति आदरनिय पुज्य दाजु, सम्पूर्ण नेपालीका ढुकढुकी, बरिष्ठ हांस्य कलाकार मदन दाइकी धर्मपत्नी आदरणिय भाउजु यसोदा सुवेदी श्रेष्ठको आज गएराती भएको स्वर्गारोहणले सम्पूर्ण कला क्षेत्रनै शोकाशुल वनेकोछ । भाऊजु प्रति हार्दिक श्रद्दान्जली अर्पण गर्दै शोकासुल परिवार प्रति धैर्य धारण गर्ने शक्ती मिलोस भन्ने ईश्ववरसंग कामना गर्दछु ।

नेपाली कला क्षेत्रमा महजोडी (हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ) भन्ने बित्तिकै नचिन्ने कोही पनि छैन। मदनकृष्ण श्रेष्ठले भर्खरै मात्र ‘मह’ को ‘म’ नामक संस्मरणात्मक कृति बजारमा ल्याएका छन् ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter