काठमाडौं, २३ चैत/ प्रधानमन्त्री केपी शर्मा ओली तीनदिने भारत भ्रमणको क्रममा नयाँदिल्ली पुग्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री राजनाथ सिंहले स्वागत गर्नुभएको छ । यसअघि भारतीय विदेशराज्यमन्त्रीले स्वागत गर्ने भारतको परम्परा थियो ।

यसपटक प्रधानमन्त्री ओलीको स्वागतका लागि भारतले वरिष्ठ मन्त्रीलाई विमानस्थल पठाएको हो । तीन दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत जानुभएको हो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter