चैत २७ – एसएस राजमौलीको ‘बाहुबली’ सिरीजको दुईटै चलचित्रले दक्षिण भारतीय चलचित्रका (टलिउड) स्टार प्रभासलाई ग्लोबल आइकन बनायो । ३८ वर्षीय प्रभास भारतमा टप बेचुलरको सूचिमा गनिन्छन् ।  ‘बाहुबली’ चलचित्रको सुटिङमा व्यस्त भएका कारण उनले गएका पाँच वर्षमा विवाहको लागि आएका झण्डै ६ हजार प्रस्तावहरु स्वीकारेनन् । तर सुटिङ सकिएपछि उनको विवाहको तयारी भइरहेको खबर बाहिर आएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार प्रभास टलिउड सुपरस्टार चिरञ्जीवीकी भतिजी निहारिका कोनिडेलासँग विवाह गर्ने तयारीमा छन् । तर चिरञ्जीवीले यो खबर सत्य नभएको बताएका छन् ।

को हुन् निहारिका ?

२४ वर्षीया निहारिका पेशाले नायिका र चलचित्र निर्मात्री हुन् । उनी चलचित्र निर्माता नागेन्द्र बाबु कि छोरी तथा चिरञ्जीवीकी भतिजी हुन् । उनले चलचित्र क्षेत्रमा सन् २०१६ मा दक्षिण भारतीय चलचित्र ‘ओका मानुसु’बाट डेब्यू गरेकी थिइन् । धेरै चलचित्रमा लगानी पनि गरेकी छिन् ।

चिरञ्जीवीले विवाहको बारेमा यसरी खण्डन गरे

प्रभास र निहारिकामा १४ वर्षको फरक छ । यिनीहरुको विवाहको खबर फैलिन समय नै लागेन । यो विषयलाई खण्डन गर्दै चिरंजिवीले एक अफिशियल स्टेटमेन्ट जारी गर्दै भने ‘निहारिका अहिले आफ्नो भविष्यमा ध्यान दिइरहेकी छिन् । विवाहको विषयमा अहिले परिवारले पनि सोचिरहेको छैन ।’

अमिताभ बच्चनसँग देखिँदैछिन् निहारिका

निहारिका अहिले उनको आउँदै गरेको चलचित्र ‘ह्याप्पी वेडिङ’ को सुटिङमा व्यस्त छिन् । जुन चलचित्रमा बलिउड अभिनेता अमिताभ बच्चन र अभिनेत्री नयनतारा मुख्य भूमिकामा देखिँदैछन् । यस चलचित्रका लेखक तथा निर्देशक लक्ष्मण कार्या हुन् ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter