पोखरा, चैत २८ । दुर्घटनामा विद्यार्थीको मृत्यु भएपछि पोखराका विद्यार्थीहरुले बुधबार विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । मंगलबार बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै गरेको ग ९ प २१९१ नम्बरको पल्सर मोटरसाइकलाई विपरीत दिशाबाट आएको ग १ प ३८७७ नम्बरको माइक्रोबसले बिहान करिब साढे ९ बजे ठक्कर दिएपछि मोटरसाइकलको पछाडि बसेका स्याङ्जा जिल्ला घर भै हाल पोखरा ड्यामसाइड बस्ने वर्ष २२ का शोभाकान्त पनेरुको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका वडा २१ बस्ने वर्ष २४ का सन्दीप पौडेल सख्त घाइते छन् । दोषीमाथी कडा कारबाही सहित उचित राहतको माग गर्दै विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।

मृतक पनेरु छोरेपाटन स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत थिए । विद्यार्थीहरुले पोखराका माईक्रोबस बन्द गरी नाराबाजी सहित प्रदर्शन गरेका छन्  साथै आन्दोलनरत विद्यार्थी सुवास सुवेदी, सुमन रेग्मी, प्रकाश वास्तोला र गोविन्द महतलाई प्रहरीले पक्राउ गरेको छ ।

 

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter