काठमाण्डु, २८ चैत – डीआईजी रमेश खरेलले प्रहरी सेवाबाट अलग्गीएको घोषणा गरेका छन् । सामाजिक संजाल फेशबुक मार्फत खनालले नव नियुक्त आईजीपी सर्वेन्द्र खनाललाई बधाई दिँदै आफू प्रहरी सेवाबाट अलग्गीएको घोषणा गरेका हुन् ।

सरकारले मंगलबार साँझ पहिलो नम्बरमा डिआइजी सर्वेन्द्र खनाललाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेसँगै खरेल रुष्ट भएका थिए । खनाल नौ महिना अघि डिआइजीमा बढुवा हुँदा पहिलो नम्बरमा थिए । त्यसअघि प्रहरी निरीक्षकबाट वरिष्ठ प्रहरी उपरीक्षक हुँदासम्म उनी लगातार दोस्रो नम्बरमा थिए । प्रहरी प्रमुखका लागि खनालसँगै खरेल र पुष्कर कार्की प्रतिष्पर्धामा थिए ।

उनले फेसबुकमा लेखेका छन्, ‘नवनियुक्त प्रहरी महानिरीक्षक ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै २९ बर्षको सेवा अवधीबाट अलगिने निर्णय गर्दछु साथै नेपाल प्रहरी संगठन तथा सम्पूर्ण प्रहरी परिवार र नेपाली दाजुभाई तथा दिदिबहिनी प्रति आभार व्यक्त गर्न चाहन्छु । जयनेपाल !’प्रहरी निरीक्षकबाट वरिष्ठ प्रहरी उपरीक्षकमा हुँदासम्म लगातार पहिलो नम्बरमा रहेका रमेश खरेल डिआइजी बढुवामा भने दोस्रो नम्बरमा रहेका थिए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter