बुटवल, २८ चैत्र। चुनावको बेला ‘गाउँगाउँमा सिंहदरवार’ को नारा बोकेर मत मागेका जनप्रतिनिधिहरु कुखुरा चोरदेखि, भ्रष्टाचारी, चेलीबेटी तस्कर, ठग, सरकारी बजेटमा नीजि जग्गा खरिददेखि, अपाङ्ग भत्ता खानेसम्म भएपछि जनताको आशा निरासतिर परिणत भइरहेको छ । यसैबीच एक जनप्रतिनिधिले त जनताको करोडौं ठगेर फरार समेत भएको छन् ।

कपिलवस्तु यशोधरा गाउँपालिका –५ का वडाअध्यक्ष लइस पठानले विभिन्न किर्ते, ठगी, दोहोरो नागरिकता मुद्धामा उजुरी परेपछि अहिले उनी फरार छन् ।

आर्थिक समृद्धिको नारा दिने नयाँ शक्ति नेपालका तर्फबाट निर्वाचित पठान फरार भएपछि वडाको सम्पूर्ण कामकाज प्रभावित भएका छन् ।
नागरिकता सिफारिश, वडाको सामाजिक सुरक्षा वितरण, बार्षिक कार्यक्रम तथा पूर्वाधार निर्माण कार्य रोकिएका छन् । उनी फागुन १९ गते देखि वडा कार्यालयमा आएका छैनन् ।

स्थानीया अनुसार वडाअध्यक्ष पठान भारतीय सीमावर्ती बजार खुनुवामा बस्दै आएका छन् । उतैबाटै फोनमार्फत केही लाभका काम गराउँदै अाएका छन् । उनी नयाँ शक्तिबाट जित्‍ने एक्ला वडाअध्यक्ष हुन् ।

विभिन्न व्यक्तिसँग अर्कैको जग्गा देखाई वडाअध्यक्ष पठानले १ करोड बढि रकम ठगि गरेको आरोप छ । कसैलाई किर्ते लालपूर्जा दिएर वा कसैलाई ऋणको कागज बनाई उनले ५ जना भन्दा बढि व्यक्ति संग रकम लिएको उनीमाथि आरोप छ ।

पठान १ करोड १३ लाख रुपैयाँ ठगि गरेको, १२ लाख ५० हजारको चेक (अनादर) बाउन्स गरेको तथा भारतीय नागरिक रहेको भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, रुपन्देही र कपिलवस्तु जिल्ला अदालतमा उजुरी तथा मुद्धा परेको छ । उजुरी लगत्तै पठान भारत पसेको बताइएको छ ।

यस्तो छ पठानले गरेको कागज

मर्यादपुर सीमा क्षेत्र पारीको खुनुवा बजार क्षेत्रमा उनी बस्दै आएको स्थानीय मंगल गुप्ताले जानकारी दिए । वड अध्यक्ष पठानले कपिलवस्तु नगरपालिका ५ का इसहार खाँ संग ३२ लाख रुपैयाँ लिएका थिए । जेसिभी मेशिन किन्ने भन्दै उनले कागज गरेर ३२ लाख लिएको पीडित इसहारको भनाई छ ।

 

अनलाइन डवलीबाट

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter