काठमाडौँ । केहि समय अघि ‘तरकारीवाली’को नामले रातारात सुपरहिट भएकी कुशुम श्रेष्ठको यो डेब्यु चलचित्र ‘लम्फु’को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार काठमाडौँमा दरबार मार्गस्थित रहेको क्यूज सिनेमा हलमा पत्रकार सम्मेलन गरी उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलर सार्वजनिक गरिएको उक्त कार्यक्रममा कुशुमले चलचित्र ‘लम्फु’मा आफ्नो सानो भूमिका रहेता पनि आफ्नो अभिनय र कार्य मिठो रहेको दावी गरेकी छन् ।

पपुलर मल्टि मिडियाको ब्यानरमा निर्माण भएको सोचलचित्रलाई निर्देशक गोपाल चन्द्र लामिछानेले निर्देशन गरेका हुन् । भने शक्ति बल्दाब घोरासैनीले चलचित्रमा लगानी गरेका हुन् ।

सार्वजनिक उक्त ट्रेलरमा प्रेम, युवाको बल्दो जोशका साथसाथै कमेडी भरपुर रहेको छ । सलोन बस्नेत, कबिर खड्का, मरिश्का पोखरेल , चादनी शर्मा, संजित भण्डारी , कुसुम श्रेष्ठ (तरकारीवाली) लगायतको अभिनय रहेको उक्त चलचित्रलाई दिपक बज्राचार्यले खिचेका हुन् ।

चलचित्र आगामी बैशाख २८ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter