काठमाडौं, ३ वैशाख/ साउदी अरेबियाको ‘अल औदा’ कम्पनीमा मजदूरी गर्न गएका १७ नेपाली कामदार विगत आठ महिनादेखि अलपत्र परेका छन् । काठमाडौँस्थित ‘मसरिक इन्टरनेशनल ओभरसिज’मार्फत करीब तीन वर्षअघि उनीहरू साउदी पुगेका थिए । कम्पनी र कामदारबीच भएको दुईवर्षे श्रम सम्झौता सकिए पनि कम्पनीले पासपोर्ट नदिएपछि उनीहरू घर फर्किन पाएका छैनन् । विगत ८ महिनादेखि उद्धारको पर्खाइमा बसिरहेका छन् ।

आफूलाई पठाउने म्यानपावर सञ्चालकलाई उद्धारका लागि पहल गर्न बारम्बार फोन गर्दा सञ्चालकले एयरपोर्टबाटै गायब बनाइदिने धम्की दिएको वैदेशिक रोजगार विभागमा भेटिएका पीडित सोनाम लामाका दाइ ज्ञानबहादुर लामाले लोकान्तरलाई बताए । उनका अनुसार भाइ सोनाम अन्य १६ जनासंगै २०७२ सालको जेठमा मजदूरीका लागि साउदी पुगेका थिए । दुईवर्षे सम्झौता अवधिभित्र पनि उनीहरूले नेपालबाट तोकेर पठाएको तलब र अन्य सुविधा पाएका थिएनन् । सम्झौता अवधि सकिएपछि उनीहरूलाई पासपोर्ट नदिएर कम्पनीले अलपत्र पारेको हो । खर्चको अभावले उनीहरू भोकै बस्न बाध्य छन् ।

अर्का पीडित बुद्धि गुरुङकी श्रीमती टीकाकुमारी गुरुङ तीन वर्षकी छोरी लिएर वैदेशिक रोजगार विभागको कार्यालय धाइरहेकी छन् । उनका अनुसार दुई वर्षसम्म श्रीमानले महिनाको दश/बाह्र हजार पठाउने भए पनि विगत ८ महिनादेखि एक पैसा पनि पठाएका छैनन् । उल्टै उता श्रीमान् अलपत्र परेको खबरले उनी मर्माहत छिन् ।

‘अखिल नेपाल वैदेशिक रोजगारपीडित तथा परामर्श संघ’ले पनि उद्दारको लागि निरन्तर पहल गरिरहेको बताएको छ । अलपत्र परेका १७ जनालाई पठाउने म्यानपावर कम्पनिमा ताला लगाउनुपरे पनि आफू पछि नहट्ने महासचिव पर्वतराज निरौलाले बताए ।

पीडितका आफन्तले उद्धारका लागि वैदेशिक रोजगार विभागबाट वैशाख तीन गते नै कुनै निर्णय हुनुपर्ने, म्यानपावर सञ्चालकलाई बोलाएर स्पष्टिकरण लिइनुपर्ने जस्ता मागहरू राखेर वैदेशिक रोजगार विभाग राहत तथा उद्धार शाखाका निर्देशक शशिकुमार लम्सालको कार्यकक्ष घेरेका थिए ।

निर्देशक लम्सालले म्यानपावर सञ्चालकलाई अबको १५ दिनभित्र उद्धार गरेर पीडितहरूलाई नेपाल नझिकाए म्यानपावरको इजाजत खारेज गरिदिने बताएका छन् ।

साउदीस्थित नेपाली दूतावासले पनि उद्धारका लागि कुनै पहल नगरेको पीडितका आफन्तको आरोप छ । साउदीको कानुनअनुसार श्रम सम्झौता सकिएको ७२ घण्टाभित्र कामदारहरूलाई फिर्ता पठाइसक्नु पर्ने हुन्छ, तर सो कम्पनीले एकैचोटी त्यति कामदार घर पठाउन धेरै खर्च लाग्ने भन्दै आफ्नो व्यवस्था आफैँ गर भनेर त्यहाँकै कानुनको उल्लङ्घन गरिरहेको जस्तो देखिन्छ ।

सम्झौताअवधि सकिएपछि कम्पनीले सञ्चयकोषमा रहेको रकम र जहाजको टिकट दिएर कामदार फर्काउनुपर्छ ।

यो विषयमा म्यानपावर सञ्चालक अर्जुन तामाङसंग सम्पर्क गर्दा, साउदीस्थित अल औदा कम्पनीले आफू र कामदारहरूलाई धोका दिएको बताए । सम्झौता अवधि सकिएर पासपोर्ट नपाएका कामदारहरूको उद्धारका लागि आफू पनि लागेको र आफ्नै पहलमा वैदेशिक रोजगार विभागमार्फत् सम्बन्धित देशको दूतावासलाई त्यहाँको अवस्था बुझ्न र पासपोर्ट फिर्ता गराउन कानूनी पहल थाल्न दबाब दिएको कुरा तामाङ बताउँछन् ।

पीडितहरूलाई एयरपोर्टबाटै गायब गरिदिने धम्की आफूले नदिएको उनको प्रष्टोक्ति छ । तर पीडितका एक आफन्तले धम्की दिएको अडियो क्लिप लोकान्तरकर्मीलाई सुनाएका थिए ।

आवाज तामाङको भए नभएको भने पुष्टि भएको छैन ।

उद्धारको पर्खाइमा रहेका नेपालीहरूको नाम:

 

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter