काठमाण्डु, ३० चैत – अब नेपालमा आठ कक्षासम्म पनि नपढ्नेका हरुलाई निकै आपत पर्ने भएको छ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐनमा दशौं संशोधनको तयारी गरिरहेको बेला नेपाल कानुन आयोगले तयार पारेको शिक्षा अधिकार सम्बन्धी प्रस्तावित विधेयकलाई हेर्दा आठ सम्म नपढेका हरुलाई दुःखद खबर आएको छ । अब आठ कक्षा सम्म नपढेमा चुनाव लड्न, सरकारी जागिर खान, संघसंस्था खोल्न र व्यापार व्यवसायसमेत गर्न पाइने छैन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐनमा दशौं संशोधनको तयारी गरिरहेको बेला नेपाल कानुन आयोगले तयार पारेको शिक्षा अधिकार सम्बन्धी प्रस्तावित विधेयकमा आधारभूत शिक्षा लिएकै हुनुपर्ने उल्लेख गरेको हो । कम्तिमा आठ कक्षा नपढेकाहरुले सरकारी जागिर खान, कुनै फर्म वा संघसंस्था खोल्न, संस्थाको सन्चालक समितिमा रहन वा व्यापार व्यवसाय गर्न नपाइने प्रस्तावित विधेयकमा उल्लेख छ ।

यस्तो व्यवस्था अबको ९ वर्षपछि अर्थात् २०८३ सालबाट लागू गराउन कानुन आयोगले सुझाव दिएको शिक्षा मन्त्रालयका एक उपसचिवले जानकारी दिए । ‘नपढेका व्यक्तिहरु नीति निर्माण गर्ने थलो संसदमा पुगेको र देशको कार्यकारी प्रमुखसमेत बनेको भन्दै आलोचना भइरहेको बेला आएको सुझाव मननयोग्य छ,’ शिक्षा मन्त्रालयका एक अधिकारीले भने, ‘हामी त्यसलाई अध्ययन गर्दैछौं ।’

सुरक्षा निकायको सबैभन्दा तल्लो तहमा जागिर खान कम्तिमा आठ कक्षा पास गरेको शैक्षिक योग्यता पेश गर्नुपर्छ । त्यसैगरी सुरक्षा गार्ड, कार्यालय सहयोगीलगायत पदमा पनि साधारण लेखपढ गर्ने जानेकाहरुले जागिर खान पाउँछन् ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter