भाद्र १८ , स्यांग्जा
अनेरास्ववियु केन्द्रीय सदस्य रिता ढकाल द्वारा कपोकल्पीत , भाम्रक र आफ्नो व्यक्तिगत चरित्र हत्या गर्ने उद्धेश्यले प्रेरित भएर पडयन्त्र पुर्वक लेखिएको कपोलकल्पित समाचारबारे आवश्यक छानविन गरि दोषिलाई कारवाहीको दायरामा ल्याउन स्थानिय प्रशासनसंग जोडदार माग गरेकी छिन् !
बाढीपिडितका नाउँमा स्यांग्जामा राहात रकम उठाएर घोटाला गरि सम्पर्क बिहिन भन्ने आशयका साथ मिति २०७४÷०५ ÷१६ गते शुक्रबारका दिन अनलाइन पोर्टल http://hamrakura.com/news-details/29448/2017-09-01 मा“अनेरास्वबियुका नेताबाढीपिडितको रकम घोटाला गरि सम्पर्क बिहिन” तथा http://ujyaaloonline.com/news/82999/corruption-/ मा“बाढिपिडितको नाममा उठाएको रकम अनेरास्वबियु केन्द्रिय सदस्यको खल्तीमा” भन्ने शिर्षकमा उनको नाम जोडेर समाचार प्रकाशित भएको थियो !
उक्त समाचार प्रकाशित भए लगत्तै उनले आफ्नो सामाजिक संजालमा श्रद्धेय अग्रज, प्रीय मित्रहरु भनेर सम्बोधन गरि उक्त समाचारको खण्डन गर्दै स्ट्याटस अपलोड गरेकी थिईन ! समाचारले धेरैनै स्थान लिए पछी उनले एउटा बिज्ञप्ति जारी गर्दै कपोलकल्पित समाचारबारे आवश्यक छानविन गरि दोषिलाई कारवाहीको दायरामा ल्याउन स्थानिय प्रशासनसंग जोडदार माग गरेकी छिन् !
उक्त विषयमा बुझ्न खोज्दा नेकपा एमाले स्यांग्जाका सचिव सुधिर पौडेलले यो समाचार अत्यन्तै षडयन्त्रपुर्वक लेखिएको र समाचारमा भए बमोजिम रकम नउठेको र उठाएको सम्पूर्ण रकम पहिलेनै पार्टी जिल्ला कमिटिलाई जानकारी र सार्वजनिक भईसकेको अवस्थामा सिंगो नेकपा एमाले साथै स्यांग्जा जिल्ला लाई नै बदनाम गराउने उद्देश्यले उक्त समाचार छापिएकोले उक्त समाचार अफाबह भएकाले समाचारमा विश्वास नगर्न सम्पूर्णमा अनुरोध गर्दै उक्त समाचारको पुस्टि गरेर नदेखाए समाचार छाप्ने लाई कारबाहिको माग गरेका छन्, ऊनले भने यसमा पार्टी जिल्ला कमिटिको गम्भीर खेद छ, नाम नाखुलाऊने सर्तमा भनेर चरित्र हत्या गर्न खोजिएको हो अथवा समाचारमा उल्लेख भएझैँ अनेरास्ववियु स्यांग्जाबाट कसैले झुटो खबर दिएको रहेछ भने छानबिन गरि कारबाही गर्ने र अनेरास्ववियु लाई पनि यसमा आवाश्यक छानबिन गरि कारवाहि गर्न अनुरोध गरे ! उनले भने समाचार झुठो छ, नेकपा एमाले स्यांग्जाको धारणा यहि हो !
यसै गरि सोहि विषयमा बुझ्न खोज्दा अनेरास्ववियुका उपाध्यक्ष रश्मि आचार्यले अनेरास्ववियु केन्द्रीय कमिटिको निर्देशन अनुसार रिता ढकालले राहात संकलन गरेको र पारदर्शी रुपमा त्यसलाई सार्वजनिक गरि आफैँ उपस्थित भई केन्द्रीय अध्यक्ष नविना लामा र कोषाध्यक्ष झापिन्द्र खत्रीलाई उक्त समाचार आउनु पुर्वनै केन्द्रीय कार्यालयमै बुझाएकाले ऊनलाई अनेरास्ववियु केन्द्रीय कमिटिको तर्फा बाट धन्यवाद व्यक्त गरेका छन् ! यसैगरि उक्त विषयमा आफ्नो धारणा व्यक्त गर्दै अनेरास्ववियु सचिवालय सदस्य सरिता पुरीले सामजिक, राजनितिक क्षेत्र रिताको बलियो उपस्थिति असह्य भएकाले आफु भित्र को कुण्ठा, इर्ष्या ब्यक्त गर्ने माध्यम को रुपमा उनि माथि प्रहार गर्ने चेस्टा गरेको र जून निरर्थक रहेको बताईन ! उनले यसमा आफ्नो संगठनले छानबिन गरिरहेको र दोषीलाई कारबाही गर्ने चेतावनि दिएकि छन् !
राहात रकम संकलनमा सहभागी अनेरास्ववियु स्यांग्जाकि नेत्री विपना पराजुलीसंग यस विषयमा बुझ्दा राहात संकलन गर्न आफुँ स्वयं उपस्थित रहेको र संकलित रकमको सम्पूर्ण विवरण व्यक्ति र रकमसहित सार्वजनिक गर्दापनि अनेरास्ववियु माथिको यो झुठो आरोपले अनेरास्ववियु स्यांग्जाको गम्भिर ध्यानाकर्षण रहेको र छानबिन गरि दोषीलाई कडा कारबाही गर्ने चेतावनी दिएकी छन् ! उनले भनिन् यदि अनेरास्ववियु बाटै कोहि कसैले यस्ता घिनलाग्दा हर्कत गरेको भए गर्ने जो कोहि अनेरास्ववियु हुन नसक्ने बताईन ! सोहि विषयमा कुरा गर्न खोज्दा अनेरास्ववियु केन्द्रीय सदस्य रिता ढकालले बिज्ञप्तिमा उल्लेख भएझैँ म माथि र सिंगो अनेरास्ववियु माथिको यो षड्यन्त्र रहेको र आफुँलाई दोषी प्रमाण गर्न चुनौती दिएकी छन् !
प्रस्तुत छ, रिता द्वारा सार्वजनिक बिज्ञप्तिको सम्पूर्ण अंश :
मिति २०७४÷०५ ÷१६ गते शुक्रबारका दिन अनलाइन पोर्टल www.hamrakura.com मा“अनेरास्वबियुका नेताबाढीपिडितको रकम घोटाला गरि सम्पर्क बिहिन” तथा www.ujyaaloonline.com मा“बाढिपिडितको नाममा उठाएको रकम अनेरास्वबियु केन्द्रिय सदस्यको खल्तीमा” भन्ने शिर्षकमा मेरो नाम जोडेर प्रकाशित समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको छ ।
गौरवशाली इतिहास भरोसा योग्य बर्तमान र सुन्दर भबिष्य बोकेको नेपाली बिद्यार्थी आन्दोलनको नेतृत्वदायी संगठन अनेरास्वबियु मार्फत सामाजिक राजनितिक अभियानमा होमिएको मेरा लागि उपरोक्त समाचार षडयन्त्रको पराकाष्ठ नेपाली राजनितिभित्रको अस्वस्थ प्रतिस्पर्धा (आन्तरिक ,बाह्य) को पराकाष्ठको रुपमा लिएको छु । बिद्यार्र्थी आन्दोलनको नेतृत्व गरिरहंदा मैले हाम्रो संगठन अनेरास्वबियुप्रति रहेको आमबिद्यार्थी साथीहरुको भरोसा र अभिभावकहरुको बिश्वासलाई टुट्न नदिने प्रतिबद्धता व्यक्त गर्दछु ।
समाचारमा जनाइए अनुसार मेरो नेतृत्वमा स्याङ्जा सदरमुकाममा राहत संकलन गरेको संकलनको क्रममा झण्डै रु एकाउन्नहजार संकलन भएको र अनेरास्वबियु केन्द्रिय कमिटीमा जम्मा रु एघार हजार मात्र बुझाइबाँकी रकम हिनामिना गरेको भन्ने आशयका साथ प्रकाशित समाचार अत्यन्तै कपोेकल्पीत , भाम्रक र मेरो व्यक्तिगत चरित्र हत्या गर्ने उद्धेश्यले प्रेरित भएर गरिएको पडयन्त्रको रुपमा लिएकी छु ।
समाचारमा लेखिएको जस्तो नभइ राहत संकलनको क्रममा स्याङ्जा स्थित त्रिभुवन माविमा अध्ययनरत प्लस टु का बिद्यार्थिहरु र स्याङ्जा स्थित नागडांडा बाडखोला क्षेत्रमा रु दशहजार एक सय दुइमात्रै संकलन भएको र उक्त रकम मेरो उपस्थितिमा अनेरास्वबियु केन्द्रिय अध्यक्ष नबिना लामालाई हस्तान्तरण गरिएको सामाजिक संजाल मार्फत समेत जानकारी गराइसकेको छु । राहत संकलनको क्रममा हाम्रो टिमलाई रोशनी आवासिय बिद्यालयको तर्फबाट अनेरास्वबियु मार्फत प्रभावित क्षेत्रमा शैक्षिक सामाग्री बितरण गर्नका लागि रु पाँचहजार एक सय बयासी र सोहि प्रयोजनका लागि रांगखोला क्षेत्रमा रोशन केसि , सुवास गुरुङ, अभिषेक गुरुङ, दिनेश गुरुङ, सितलजंग केसि , सुन्दर श्रेष्ठ , बोधराज तिमिल्सिना समेतको सहयोगमा रु दशहजार पाँच सय एकासी संकलन भएको व्यहोरा जानकारी गराउँदछु । माथि उल्लेखित सन्दर्भ बाहेक अरु कुनै सन्र्दभमा मेरो उपस्थितिमा र अनेरास्वबियु त्रिभुवन आर्दश क्याम्पसका जिम्मेवार कमरेडहरुको नेतृत्वमा कुनै पनि संघ संस्था व्यक्तिहरु संग आर्थिक संकलन नगरिएको जानकारी गराउँदछु । समाचारमा जनाइएको जस्तो उपयुक्त सन्र्दभ बाहेक उल्लेखित रकमभन्दा बढि राहत संकलन भएको पुष्टि गर्नका लागि सम्बन्धित व्यक्ति तथा सञ्चारमाध्यमलाई चुनौती दिन चाहान्छु र व्यक्तिगत चरित्र हत्या गर्ने उद्धेश्यले लेखिएको कपोलकल्पित समाचारबारे आवश्यक छानविन गरि दोषिलाई कारवाहीको दायरामा ल्याउन स्थानिय प्रशासनसंग जोडदार माग गर्दछु ।
यस्ता भ्रामक समाचारको नकारात्मक प्रभावमा नर्पनुहुन अनेरास्वबियुका सम्पूर्ण नेता कार्यकर्ता , समर्थक शुभचिन्तक तथा आमबिद्यार्थी साथिहरु संगै बिद्यार्थी आन्दोलनसंग सरोकार राख्ने सम्पूर्णमा अनुरोध गर्दछु । यस घटनाको सत्य तथ्य छानविन गरि दोषिलाई आवश्यक कारबाही प्रकृयामा ल्याउनका लागी नेकपा एमाले जिल्ला कमिटी स्याङ्जा र अनेरास्वबियु केन्द्रिय कमिटिलाई बिशेष अनुरोध गर्दछु ।
रिता ढकाल
सदस्य
अनेरास्वबियु केन्द्रिय कमिटी