काठमाडौँ, १२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प पुनः निर्माणको कामलाई गति दिन निर्देशन दिएका छन् । २०७२ वैशाखमा गएको भूकम्पबाट प्रभावितहरुको सम्झनामा आयोजित कार्यक्रममा पुननिर्माणको काममा  भएको ढिलाईप्रति असन्तुष्टि जनाए ।

भूकम्प गएको ३ वर्ष बित्दा पनि भौतिक संरचनाको हालत भग्नावशेषको रुपमा हुनु दुःखद भएको भन्दै ओलीले चाँडै पुननिर्माणको कामलाई तिव्रता दिने आश्वासन दिए ।

पुननिर्माणको गति यस्तै भए ५ वर्षभित्र पनि भौतिक संरचनाको पुननिर्माण सम्पन्न गर्न कठिन हुने बताउदै उनले ‘म बनाउँछु मेरो धरहरा’ अभियानले गति लिन नसकेको स्वीकारर्दै चाँडै जनस्तरबाट धरहरा निर्माण गरिने पनि बताए ।

पुननिर्माणतिर संकल्प केन्द्रीत गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले निराश नहुन पनि आग्रह गरे । सुरक्षित, सम्पदाले भरिपूर्ण र समृद्धिको मार्गसहितको नयाँ नेपाल हुने विश्वास दिए ।

दक्ष जनशक्ति र कानुनी अड्चनका कारण पनि पुननिर्माणको कामले गति लिन नसकेको र सम्पूर्ण प्रयासलाई राष्ट्र निर्माणमा केन्द्रीत गर्ने र मुलुकमा फाँसिवाद हैन जनवाद र समृद्धिवाद आउने जिकीर गरे ।

प्रधानमन्त्री ओलीले भूकम्पबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, घाईतेहरुप्रति स्वास्थ्यलाभको कामना गरी भूकम्पपीडितहरुको गुनासालाई सरकारले उचित सम्बोधन गर्ने आश्वासन दिएका छन् ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter