वैशाख १२, पोखरा

वैशाख १४ गते देखि सुरु हुने कक्षा १२ र कक्षा ११ परीक्षा सम्बन्धी तयारी प्रदेश ४ मा सम्पुर्ण तयारी पुराएको छ । राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय पोखराले मंगलबार पत्रकार सम्मेलन गरि सम्पुर्ण तयारी पुराभएको जानकारी दिएको हो ।

प्रदेश ४ का १० जिल्ला हेर्दै आएको कार्यालयले परीक्षाका लागि आवश्यक सामग्री सम्पुर्ण केन्द्रमा पुगेको राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय पोखरा निमित्त प्रमुख हरिशरण वाग्लेले जानकारी दिए । उनले यस क्षेत्रमा १ सय ६ केन्द्रबाट ९४ हजार ४७ जना विद्यार्थीहरु परीक्षामा सहभागी हुने वाग्लेले बताए । उनले प्रति २० विद्यार्थी बराबर १ जना निरीक्षक रहने व्यवस्था गरेको उल्लेख गरे ।अघिल्लो वर्ष कक्षा १२ र ११ का गरि यो क्षेत्रबाट ८१ हजार ३२ जना विद्यार्थी परीक्षामा सामेल भएकोमा यस वर्ष ९४ हजार ४७ विद्यार्थी सामेल भएको बताए । उनले यस वर्ष सबै भन्दा बढि विद्यार्थी कास्कीबाट ३३ हजार ६ सय ७१ र सबै भन्दा कम मनाङबाट १ सय ७६ विद्यार्थी परीक्षमा सामेल हुन लागेको जानकारी दिए ।

कक्षा १२ को वैशाख १४ गते देखी २७ गते सम्म र कक्षा ११ को वैशाख ३० गते देखी जेठ ९ गते सम्म परीक्षा सञ्चालन हुनेछ । कक्षा १२ मा ४१ हजार १ सय ७८ र कक्षा ११ मा ५२ हजार ८ सय ६९ जना विद्यार्थी परिक्षमा सहभागी हुदै छन् । त्यसै गरि देश भरबाट ९ लाख ६५ हजार १ सय ३७ जना सहभागी हुदैछन् ।

 

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter