लोग्नेकी प्रेमिकाको हत्या गरेर एक श्रीमतीले आफूले पनि आत्महत्या गरेकी छन् । अमेरिकाको फिलाडेल्फियामा भएको घटनामा ती महिलाले आफ्नो लोग्नेकी प्रेमिकालाई गोली हानेर हत्या गरेकी हुन् । हत्यापछि उनले आफैलाई पनि गोली प्रहार गरेको स्थानीय प्रहरीलार्इ उद्धृत गर्दै एजेन्सीहरूले जनाएका छन्।

जेनेयर गेराडर्ट नाम गरेकी ४८ वर्षीया ती महिलाले ३३ वर्षीया मेरिडिथ च्याम्पम्यानसँग आफ्नो लोग्नेको प्रेम रहेको थाहा पाएपछि उनीमाथि गोली प्रहार गरेकी हुन् । गेराडर्टले स्थानीय समय अनुसार गएको सोमबार बेलुका च्याम्पम्यानको घरमै गएर गोली चलाएर हत्या गरेकी हुन् । च्याम्पम्यानको घरमा लुकेर बसेकी गेराडर्टले उनी आउनेबित्तिकै गोली चलाएको प्रहरीले  जनाएकाे छ ।

गेराडर्टले च्याम्पम्यानलाई मार्ने आफ्नो योजना रहेकाे आफ्नाे लोग्नेलाई म्यासेज गरेर बताएकी थिइन् । लगत्तै उनका लोग्ने मार्क गेराडर्टले आपतकालीन सेवामा फोन गरेका थिए । तर प्रहरी घटनास्थलामा पुग्दा दुवै महिला गोली लागेको अवस्थामा भेटिएका थिए । गेराडर्टको शव भान्छा नजिक तथा च्याम्पम्यानको शव त्यसको केही पर भेटिएको थियो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter