नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व गृहमन्त्री वामदेव गौतमले सरकारले राम्रो काम गर्न नसके सरकार ढल्ने बताएका छन्। बाम गठबन्धनको सरकारले देशलाई समृद्द बनाउन नसके सरकार ढल्ने चेतावनी दिएका छन्।

सोमबार काठमाण्डुमा राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै गौतमले मुलुक निर्माण गर्ने अवसरलाई सदुपयोग गर्न सरकारलाई सुझाव दिएका हुन् । उनले जनताको भरोसा हुनेगरी काम नगरे ५ वर्षपछि वाम गठबन्धन नेतृत्वको सरकारलाई पनि जनताले ढालिदिने चेतावनी दिए।

उपाध्यक्ष गौतमले जनताको आकर्षणको केन्द्र बिन्दु बन्न पनि सरकारले मुलुकको विकास र समृद्धिको अभियानलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने बताए। उनले वाम गठबन्धनले हासिल गरेको उपलब्धि जोगाई राख्न पनि सरकारले इमान्दारिताका साथ काम गर्नुपर्ने बताए ।

उनले वाम सरकारले जनता र राष्ट्रको सेवा गर्नुपर्ने भन्दै मुलुकलाई समृद्ध बनाउने अवसर सदुपयोग नगरे ५ वर्षपछि पुनः कांग्रेसले शासन सुरु गर्ने बताए।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter