वैशाख-१३ , काठमाण्डौ / जेठ महिना सम्म माईतिघरमा आन्दोलन गर्न छुट भएको छ जिल्ला प्रशासन कार्यालय काठमाण्डुले आगामी जेठ मसान्तसम्म माइतीघर मण्डलामा प्रदर्शन गर्न छुट दिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डुले वैशाख २ गते  सूचना निकालेर सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल तोकेको थियो । यसअनुसार वैशाख १६ बाट माइतीघर मण्डला, रत्नपार्क लगायतका स्थानमा सार्वजनिक कार्यक्रम वा प्रदर्शन गर्न पाइने थिएन । स्थानीय प्रशासनको निर्णयको विवेकशील साझा पार्टी र डा. गोविन्द केसीले विरोध गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डुले काठमाण्डुले बिहीबार सूचना निकालेर तयारी गर्न समय चाहिएको भन्दै सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थलसम्वन्धी निर्णय असार १ बाट मात्र लागू हुने बताएको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter