अनेरास्ववियु जिल्ला कमिटी कपिलबस्तुले दुबै मृगौला फेल भएका पाल्पा जिल्ला कमिटी अध्यक्ष प्रेम बगालेलाइ आर्थिक सहयोग गरेको छ । आज एक कायक्रमको बिच अनेरास्ववियु केन्द्रिय सचिव एवम प्रदेश नम्बर ५ प्रमुख आर सि लामिछाने र केन्द्रिय सचिवालय सदस्य एवम स्ववियु परिचालन बिभाग प्रमुख नरेश रोकाया को विशेष उपस्थिति मा बगाले उपचाररथ वीर अस्पताल मै पुगि अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटी अध्यक्ष बाबुराम अर्यालले १० हजार दश आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो ।

आर्थिक सहयोग गर्दौ अध्यक्ष अर्यालले सम्पुर्ण नेता कार्यकर्तालाइ जीवन भर अनेरास्ववियुमा योगदान गर्नुभएका प्रेम बगालेलाइ सबैले सहयोग गर्नुहुन अनुरोध पनि गर्नु भएको छ ।

उपचार गराइरहेका प्रेम बगालेलाई आफ्नो दाईले किड्नी दिने हुनुभएको छ । किड्नी पनि मिल्ने भएकोले डाक्टरको सल्लाह अनुसार छिटो अप्रेशन गर्नु पर्ने र अप्रेशनको लागी आर्थिक अभाव देखिएकोले सम्पूर्णमा आर्थिक नैतिक सहयोगको गर्नका लागी परिवारले अपिल गरेको छ ।

साथै आर्थिक सहयोग गर्न चाहनेले प्रेम बगाले एन एम बि बैकं आर्यभञ्ज्याङ्घको शाखाको खाता नम्बर ०४६२१५००२६४०३२०००००१ मा आर्थिक सहयोग गर्न अनुरोध गरेको छन् ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter