काठमाण्डु, २४ बैशाख – माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत पार्टीमा आफ्नो हैसियत कमजोर हुन नदिन एमालेसँग बराबर हिस्सा माग्दै आईरहेका थिए ।

केन्द्रीय कमिटीको संख्या बढाएर भने पनि माओवादीको माग सम्बोधन गर्ने र तीन वर्षपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन् । ओली र प्रचण्डबीच भद्र सहमतिपछि अब एमाले र माओवादीको एकीकरण जेठ पहिलो साताभित्रै हुने भएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले ओली प्रधानमन्त्रीको हैसियतमा रहुन्जेल आफू पार्टीको कार्यकारी अध्यक्ष हुन पाउनुपर्ने, महाधिवेशनपछि आफूलाई अध्यक्ष बनाउन लिखित सहमति गर्नुपर्ने र आधा कार्यकाल प्रधानमन्त्री बन्न पाउनुपर्ने शर्त अघि सारेपछि एकता प्रक्रिया अवरुद्ध हुँदै आएको थियो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter