चितवन, वैशाख २४ – एसिड आक्रमणका घटनाहरु समाचारमा आईरहन्छन्, एसिड आक्रमण जस्तो जघन्य अपराद आज फेरी चितवनमा भएको छ ।  भरतपुर महानगरपालिका –२ बेलटाँडीमा आपसी विवादका कारण तेजाब छर्किंदा एक युवा गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान १ः३० बजे प्रेम सुनारको घरमा डेरा गरी बस्ने धादिङ नालाङ्ग घर भई नारायणगढस्थित मनकामना सुनचाँदी पसलमा काम गर्ने ३० वर्षीय सुजितकुमार विकले धादिङकै सोही घरमा डेरा गरी बस्ने ३५ वर्षीय वीरमान महर्जनलाई तेजाब छर्किएका हुन्।

एउटै कोठामा बसेर मादक पदार्थ सेवन गरिरहेका उनीहरुको बीचमा विवाद भएपछि विकले महर्जनलाई तेजाब छर्किएको प्रहरीले जनाएको छ। घाइते महर्जनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। महर्जनको आँखा, मुख र घाँटीमा तेजाबले पोलेको छ। तेजाब प्रहार गर्ने विकलाई प्रहरीले पक्राउ गरेको छ ।

चितवनमा केही दिनअघि ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले त्रिचोकमा डेरा गरी बस्दै आएकी कल्पना श्रेष्ठमाथि एसिड प्रहार गरी घाइते बनाएका थिए  ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter