काठमाडौं, वैशाख २४ — सरकारले गत शुक्रबार सार्वजनिक सवारी सञ्चालन नगर्ने यातायात महासंघ तथा समितिहरुको बैक खाता रोक्का गर्ने निर्णय गरेको थियो ।

गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको थियो । यातायात व्यवसायीले सिण्डिकेटले निरन्तरताको माग गर्दै सवारी साधन नचलाउने आन्दोलन गर्ने भनेसँगै गृहमन्त्री थापाले अर्थमन्त्रालय मार्फत् राष्ट्र बैकलाई पत्राचार गर्न समेत निर्देशन दिएका थिए ।

यो सँगै सरकारले देशभर सञ्चालित २४५ यातायात समितिहरुको बैंक खाता बन्द गराएको छ । गृहमन्त्रालयको आग्रह अनुसार नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई पत्राचार गर्दै ती समितिहरुको बैंक खाता बन्द गराएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

यसरी रोक्का गरिएका बैंक खाताबाट रकम झिक्न र राख्न नपाउने गरी एयरमार्क गरेर राख्न राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । सार्वजनिक यातायातमा सिण्डिकेट कायम गर्नुपर्छ भन्ने व्यवसायीको मागले यातायात क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धामा बाधा पुर्याएको भन्दै सरकारले यातायात समितिमाथि कारबाही गरिरहेको छ । सोही प्रकरणमा छानविन गर्न बैंक खाता रोक्का गरिएको हो ।

यद्पि अहिले आएर व्यवसायीहरु आन्दोलन फिर्ता लिई सरकार नियम अनुरुप कम्पनी दर्ता गरेर सार्वजनिक सवारी सञ्चालन गरेका छन् ।

      

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter